समाजवाद नै नेपालको निकास हो : विप्लव
बिहीबार, २९ चैत २०८०, २२ : ५८

सुर्खेत । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवाद नै नेपालको निकास भएको बताएका छन् ।
बिहीबार वीरेन्द्रनगरमा आयोजित नेपाली विशेषताको समाजवाद अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको भविष्य पनि समाजवाद नै रहेको बताए ।
उनले भने, ‘समाजवाद लागू हुनुपर्छ, त्यो सिद्धान्तबाट व्यवहारमा रूपान्तरण हुनुपर्छ ।’ समाजवाद हेर्ने चाहना सबैको रहेको पनि उनले बताए ।
अहिले पनि केही रूपमा समाजवाद भएको भन्दै उनले यो समाजवादप्रति कोही पनि सन्तुष्ट नभएको बताए । ‘जीवनमा प्रयोग हुने समाजवाद चाहिएको छ,’ उनले भने, ‘किसान वर्गसम्म समाजवाद पुगेको हुनुपर्छ ।’ उनले नेपालमा एउटा एकीकृत खालको समाजवाद आवश्यक भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालद्वारा सगरमाथाको सफल आरोहण
-
कोशी प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै
-
कोशी प्रदेश सरकारले सोमबार नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने
-
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीको आन्दोलन स्थगित, पाँच बुँदे सहमति
-
कम्युनिस्ट पार्टीमा सामूहिक र संस्थागत आर्थिक प्रणाली आवश्यक
-
‘सीमापार आतंकवादविरुद्धको लडाइँ’ बारे जानकारी दिन भारतीय प्रतिनिधिमण्डल विभिन्न देश जाने