समाजवाद नै नेपालको निकास हो : विप्लव
बिहीबार, २९ चैत २०८०, २२ : ५८
सुर्खेत । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवाद नै नेपालको निकास भएको बताएका छन् ।
बिहीबार वीरेन्द्रनगरमा आयोजित नेपाली विशेषताको समाजवाद अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको भविष्य पनि समाजवाद नै रहेको बताए ।
उनले भने, ‘समाजवाद लागू हुनुपर्छ, त्यो सिद्धान्तबाट व्यवहारमा रूपान्तरण हुनुपर्छ ।’ समाजवाद हेर्ने चाहना सबैको रहेको पनि उनले बताए ।
अहिले पनि केही रूपमा समाजवाद भएको भन्दै उनले यो समाजवादप्रति कोही पनि सन्तुष्ट नभएको बताए । ‘जीवनमा प्रयोग हुने समाजवाद चाहिएको छ,’ उनले भने, ‘किसान वर्गसम्म समाजवाद पुगेको हुनुपर्छ ।’ उनले नेपालमा एउटा एकीकृत खालको समाजवाद आवश्यक भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण