इजरायली आक्रमणमा हमास नेताका तीन छोरा मारिए
गाजापट्टि । इजरायली सेनाले गाजामा गरेको हवाई हमलामा हमास नेता इस्माइल हनिएका तीन जना छोराहरु मारिएका छन् ।
हमास नेता हनिएले इजरायलले बदलाको भावनाबाट प्रेरित भएर निहत्था व्यक्तिको हत्या गरेको बताए ।
इजरायली सेनाले पनि बुधबार गाजामा हवाई हमला गरिएको पुष्टि गरेको छ । गाजामा आतङ्कवादी क्रियाकलापमा संलग्न रहेको पाइएपछि हवाई आक्रमण गर्नु परेको सेनाको भनाई छ ।
हमासका अनुसार उक्त आक्रमणबाट हमास नेता हनिएका तीन नातिनातिनाको पनि मृत्यु भएको छ ।
अल–जजिरा टेलिभिजनसँगको अन्तर्वार्तामा हनिएले आफ्ना सन्तानको हत्या भए पनि हमासले इजरायलप्रति नरम नीति अख्तियार नगर्ने र आफूहरु नझुक्ने बताए ।
हाल अन्तर्राष्ट्रिय पहलमा इजरायल र हमासबीच युद्धबिराम गर्नेगरी वार्ताहरू भइरहेका छन् ।
हानिएले सन् २०१९ मा गाजा छाडेका थिए । उनले हाल कतारमा निर्वासित जीवन बिताएका छन् । गाजामा अहिले हमासका शीर्ष नेताका रुपमा येह्या सिन्वार छन् । सिन्वारकै योजना बमोजिम गत अक्टोबर ७ मा इजरायलभित्र हमासले आक्रमण गरेको थियो । यस आक्रमणमा कम्तीमा एक हजार २०० इजरायलीको मृत्यु हुनुका साथै दुई सयभन्दा बढीलाई अपहरण गरिएको थियो ।
हमासको आक्रमणपछि इजरायलले गाजामा गरेको सैनिक कारबाहीमा ३३ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । -(रासस/एपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, काेशीमा हिक्मत कार्कीको निरन्तरता कि राजीनामा !
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण