बुद्धचित्तको रुख काटेको घटना
बुद्धचित्तको रुख काटेको घटनामा सोधपुछका लागि एक जना नियन्त्रणमा
शुक्रबार, ३० चैत २०८०, ११ : २३
_DyTuDEkcFe.jpg)
काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–५ सिपालीस्थित नागबेलीमा बुद्धचित्त मालाको रुख काटेको घटना अनुसन्धान गर्न प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । सोधपुछका लागि एकजनालाई नियन्त्रणमा लिइएको काभ्रेकी एसपी बसुन्धरा खड्काले रातोपाटीलाई बताइन् ।
अज्ञात समूहले मालाको रुख काटेर घरको ढोका र आसपासमा चारवटा सकेट बम राखेर भागेका थिए । घटना अनुसन्धान गर्न प्रहरीले तेमाल गाउँपालिका–६ ठुलोपर्सेल घर भएका मानबहादुर तामाङलाई नियन्त्रणमा लिएको हो ।
गतवर्ष तामाङ सहितको समूहले सो माला किनेका थिए । उनीहरुसँगको सम्झौता सकिएपछि स्थानीय ठाकुरानी तामाङले सो बुद्धचित्तको माला फरक समूहलाई बेच्नेगरी सम्झौता गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आतङ्क र वार्ता सँगै जान सक्दैन
-
आईपीएल मे १७ बाट फेरि सुरु हुने, यस्तो छ तालिका
-
दलका प्रमुख सचेतकहरूसँग सभामुखको छलफल
-
प्रेस स्वतन्त्रताको नाममा नेपालमा अराजकता बढ्यो: सञ्चारमन्त्री गुरुङ
-
करेन्ट लागि ज्यान गुमाएका अमिनको परिवारलाई पाँच लाख सहयोग
-
अर्थमन्त्री पौडेललाई यातायात व्यवसायीको ध्यानाकर्षण पत्र