बुद्धचित्तको रुख काटेको घटना
बुद्धचित्तको रुख काटेको घटनामा सोधपुछका लागि एक जना नियन्त्रणमा
शुक्रबार, ३० चैत २०८०, ११ : २३
काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–५ सिपालीस्थित नागबेलीमा बुद्धचित्त मालाको रुख काटेको घटना अनुसन्धान गर्न प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । सोधपुछका लागि एकजनालाई नियन्त्रणमा लिइएको काभ्रेकी एसपी बसुन्धरा खड्काले रातोपाटीलाई बताइन् ।
अज्ञात समूहले मालाको रुख काटेर घरको ढोका र आसपासमा चारवटा सकेट बम राखेर भागेका थिए । घटना अनुसन्धान गर्न प्रहरीले तेमाल गाउँपालिका–६ ठुलोपर्सेल घर भएका मानबहादुर तामाङलाई नियन्त्रणमा लिएको हो ।
गतवर्ष तामाङ सहितको समूहले सो माला किनेका थिए । उनीहरुसँगको सम्झौता सकिएपछि स्थानीय ठाकुरानी तामाङले सो बुद्धचित्तको माला फरक समूहलाई बेच्नेगरी सम्झौता गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण