इसिग्रेटलाई पूर्ण प्रतिबन्ध गर्नुपर्छ : सांसद पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इसिग्रेटलाई पूर्ण प्रतिवन्ध गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले देशलाई हानी हुने जानकारी हुँदाहुँदै राज्यले के फाइदाका आधारमा आयात गरिरहेको छ ? भन्दै प्रश्न गरे । उनले स्वास्थ्यमा हानी पुर्याउने कुनै पनि सामग्रीको आयातमा प्रतिबन्ध लगाउन जरुरी रहेको बताए ।
पौडेलले नेपाली नागरिकको स्वास्थ्य कसरी स्वस्थ राख्ने भन्ने बारेमा राज्यले विशेष चासो दिनुपर्ने बताए । उनले युवाहरु मद्यपान र धुम्रपानमा बढी रुमल्लिरहेको अवस्थालाई नियन्त्रण गर्न कानुनबाटै निषेध गर्न जरुरी रहेको उल्लेख गरे ।
पौडेलले भने, ‘नेपाली नागरिक कसरी स्वस्थ बनाउन सकिन्छ ? यो राज्यको प्राथमिक विषय बन्नुपर्छ । युवा जनशक्ति स्वस्थ नबन्ने जुन खालको परिस्थिति बनेको छ, नीतिगत पक्षबाटै त्यसलाई हामीले राक्नेगरी न्युनीकरण गर्नेगरी जानुपर्छ । त्यसको लागि मुख्य विषय कानुन बनाउने नै हो । कानुनबाटै हामीले निषेध गर्नसक्यौँ भने, कानूनबाटै रिफ्लेक्ट गर्नसक्यौँ भने धेरै समस्या समाधान हुनसक्छन् ।’
नेता पौडेलले कानूनबाटै कडा भएर अघि बढ्नसके धेरै समस्याहरु समाधान हुने जिकिर समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
-
इरानलाई हतियार बिक्री नगर्न रुस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
-
रौतहटमा खुकुरी प्रहार गरेर महिलाको हत्या, ढुङ्गा हानेर आरोपी पक्राउ
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण