कांग्रेस नेता खेमराज पौडेलको निधन
काठमाडौँ । नेपाली कांग्रेसका नेता खेमराज पौडेलका निधन भएको छ । शुक्रबार बिहान पोखराको फेवासिटी अस्पतालमा ८० वर्षको उमेरमा पौडेलको निधन भएको कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए ।
कांग्रेसस पार्टी कार्यालय पोखरामा श्रद्धान्जली सभा गरेर आजै पोखराको रामघाटमा दाहसंस्कार गरिने बरालले बताए । पौडेल कांग्रेस जिल्ला सदस्य, सचिव, उपाध्यक्ष भएका थिए । २०५९ सालमा कांग्रेस विभाजन भइ शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस (लोकतान्त्रिक) बन्दा उनी कास्की सभापति भएका थिए ।
कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यसम्म बनेका उनी सुकुम्वासी आयोगका अध्यक्ष पनि भएका थिए । २०७६ मा कास्की–२ मा भएको उपनिर्वाचनमा पौडेललाई कांग्रेसले उम्मेदवार बनाएको थियो । एमाले नेता रविन्द्र अधिकारीको निधन भएपछि भएको उपनिर्वाचनमा पौडेल अधिकार पत्नी विद्या भट्टराईसँग पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण