उपराष्ट्रपति कार्यालयका सचिव निरौला सामान्य प्रशासन मन्त्रालयमा सरुवा
शुक्रबार, ३० चैत २०८०, १६ : ५९

काठमाडौँ । उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्द निरौला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निरौलालाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हाे ।
बैठकले सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ ।