रुख काटेको आरोपमा ८ जना विरुद्ध अभियोग दायर, ६ महिना कैदको माग
पोखरा । गण्डकी बोर्डिङ भित्र रहेका रुखहरू काटेर फर्निचरमा विक्री गरेको आरोपमा प्रिन्सिपल सहित ८ जना विरुद्ध अभियोगपत्र दायर गरिएको छ ।
प्रिन्सिपल वीरेन्द्र खड्का सहित लोकबहादुर थापा, सोनी गुरुङ थापा, कृष्णबहादुर थापा, कृष्णप्रसाद अधिकारी, सन्तबहादुर विश्वकर्मा, रामप्रसाद लामिछाने र यज्ञराज शर्मा विरुद्ध अभियोगपत्र दायर गरिएको हो ।
उनीहरुले रुख काटेर फर्निचरमा बेचेको आरोप सहित जिल्ला वन कार्यालयमा उजुरी परेको थियो । उजुरीपछि स्थलगत अध्ययन गर्दा स्कुल परिसरको खेलकुद ग्राउण्ड, छात्राबास र स्कूलको कम्पाउण्ड वालसंग जोडिएका सिसौ, सल्ला लगाएतका २५ वटा रूखहरू काटेका भेटिएको हो ।
वन नियमावलीको प्रक्रिया पूरा नगरी रुख कटान गरेको, दाउरा विद्यालयको सिनियर म्यानेजमेन्ट टिमले कोटेशनबाट लिलाम बढाबढ गरी बेचेको वन कार्यालयले जनाएको छ । उक्त दाउरा ६० हजारमा बिक्री गरिएको थियो । उनीहरु विरुद्ध ३ लाख ७९ हजार ४ सय बिगो र १० हजार जरिवाना सहित ६ महिनासम्म कैद सजायको माग गरिएको सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण