बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रुख काटेको आरोपमा ८ जना विरुद्ध अभियोग दायर, ६ महिना कैदको माग

शुक्रबार, ३० चैत २०८०, १८ : ५६
शुक्रबार, ३० चैत २०८०

पोखरा । गण्डकी बोर्डिङ भित्र रहेका रुखहरू काटेर फर्निचरमा विक्री गरेको आरोपमा प्रिन्सिपल सहित ८ जना विरुद्ध अभियोगपत्र दायर गरिएको छ ।

प्रिन्सिपल वीरेन्द्र खड्का सहित लोकबहादुर थापा, सोनी गुरुङ थापा, कृष्णबहादुर थापा, कृष्णप्रसाद अधिकारी, सन्तबहादुर विश्वकर्मा, रामप्रसाद लामिछाने र यज्ञराज शर्मा विरुद्ध अभियोगपत्र दायर गरिएको हो ।

उनीहरुले रुख काटेर फर्निचरमा बेचेको आरोप सहित जिल्ला वन कार्यालयमा उजुरी परेको थियो । उजुरीपछि स्थलगत अध्ययन गर्दा स्कुल परिसरको खेलकुद ग्राउण्ड, छात्राबास र स्कूलको कम्पाउण्ड वालसंग जोडिएका सिसौ, सल्ला लगाएतका २५ वटा रूखहरू काटेका भेटिएको हो ।

वन नियमावलीको प्रक्रिया पूरा नगरी रुख कटान गरेको, दाउरा विद्यालयको सिनियर म्यानेजमेन्ट टिमले कोटेशनबाट लिलाम बढाबढ गरी बेचेको वन कार्यालयले जनाएको छ । उक्त दाउरा ६० हजारमा बिक्री गरिएको थियो । उनीहरु विरुद्ध ३ लाख ७९ हजार ४ सय बिगो र १० हजार जरिवाना सहित ६ महिनासम्म कैद सजायको माग गरिएको सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप