आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

रास्वपा लक्षित शंकर पोखरेलको टिप्पणी : नयाँ–पुरानोको बहसले मुलुकमा समस्या थपियो

शुक्रबार, ३० चैत २०८०, १९ : ०७
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई नयाँ नभई बलियो राजनीतिक शक्ति आवश्यकता रहेको बताएका छन् । 

महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै नयाँ र पुरानो राजनीतिक पार्टीहरूको बहसले मुलुकमा राजनीतिक अस्थिरतालाई नै मलजल गरिरहेको जिकिर समेत गरे । पार्टीको ललितपुर जिल्ला कमिटीले शुक्रबार गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा नयाँ नयाँ प्रयोग नभई बलियो राजनीतिक शक्तिको निर्माण गर्नु राष्ट्रिय आवश्यकता भएको तर्क समेत गरे । 

महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिको नेतृत्व गर्न पनि बलिया राजनीतिक शक्तिहरूको विकल्प नभएको बताए । उनले अमेरिका, चीन, भारत, बेलायत लगायतका देशहरूको दृष्टान्त पेस गर्दै विकास र समृद्धिको प्रश्न अगाडि आउँदा बलिया राजनीतिक दलहरूको मात्रै त्यसलाई नेतृत्व गर्न सकेको बताए । मुलुकको विकास र समृद्धिको आधारशिला बलिया र ठुला राजनीतिक दलहरूबाट मात्रै सम्भव रहेको महासचिव पोखरेलको भनाई थियो ।

महासचिव पोखरेलले मुलुकलाई सही ढंगले नेतृत्व दिन सक्ने पार्टी एमालेमात्रै भएको दाबी पनि गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप