रास्वपा लक्षित शंकर पोखरेलको टिप्पणी : नयाँ–पुरानोको बहसले मुलुकमा समस्या थपियो
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई नयाँ नभई बलियो राजनीतिक शक्ति आवश्यकता रहेको बताएका छन् ।
महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै नयाँ र पुरानो राजनीतिक पार्टीहरूको बहसले मुलुकमा राजनीतिक अस्थिरतालाई नै मलजल गरिरहेको जिकिर समेत गरे । पार्टीको ललितपुर जिल्ला कमिटीले शुक्रबार गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा नयाँ नयाँ प्रयोग नभई बलियो राजनीतिक शक्तिको निर्माण गर्नु राष्ट्रिय आवश्यकता भएको तर्क समेत गरे ।
महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिको नेतृत्व गर्न पनि बलिया राजनीतिक शक्तिहरूको विकल्प नभएको बताए । उनले अमेरिका, चीन, भारत, बेलायत लगायतका देशहरूको दृष्टान्त पेस गर्दै विकास र समृद्धिको प्रश्न अगाडि आउँदा बलिया राजनीतिक दलहरूको मात्रै त्यसलाई नेतृत्व गर्न सकेको बताए । मुलुकको विकास र समृद्धिको आधारशिला बलिया र ठुला राजनीतिक दलहरूबाट मात्रै सम्भव रहेको महासचिव पोखरेलको भनाई थियो ।
महासचिव पोखरेलले मुलुकलाई सही ढंगले नेतृत्व दिन सक्ने पार्टी एमालेमात्रै भएको दाबी पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण