आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप क्रिकेट

नेपालले लगातार गुमायो चौथो र पाँचौँ विकेट

शुक्रबार, ३० चैत २०८०, १९ : २२
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा शुक्रबार मलेसियाले दिएको १४४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले लगातार रूपमा आफ्नो चौथो र पाँचौँ विकेट गुमाएको छ । 

नेपालले चौथो विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमाएको हो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका रोहित २८ रन बनाउँदै आउट भएका हुन् । उनले २४ बलमा एक छक्का पनि हिर्काएका थिए । उनलाई मलेसियाका बलर विरेनदीप सिंहले मुनियान्डीद्वारा क्याच गराएका हुन् । १६.१ ओभरमा रोहित आउट हुँदा नेपालले १०७ रन बनाएको थियो । 

त्यसलगत्तै नेपालले पाँचौँ विकेटका रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्र २० रन बनाउँदै आउट भएका थिए । उनले केवल ११ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काएका थिए । उनलाई मलेसियाका बलर विरेनदीपले मुनियान्डीद्वारा क्याच गराएका थिए । १७औँ ओभरको अन्तिम बलमा दीपेन्द्र आउट हुँदा नेपालले ११४ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप