नेपालले लगातार गुमायो चौथो र पाँचौँ विकेट
काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा शुक्रबार मलेसियाले दिएको १४४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले लगातार रूपमा आफ्नो चौथो र पाँचौँ विकेट गुमाएको छ ।
नेपालले चौथो विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमाएको हो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका रोहित २८ रन बनाउँदै आउट भएका हुन् । उनले २४ बलमा एक छक्का पनि हिर्काएका थिए । उनलाई मलेसियाका बलर विरेनदीप सिंहले मुनियान्डीद्वारा क्याच गराएका हुन् । १६.१ ओभरमा रोहित आउट हुँदा नेपालले १०७ रन बनाएको थियो ।
त्यसलगत्तै नेपालले पाँचौँ विकेटका रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्र २० रन बनाउँदै आउट भएका थिए । उनले केवल ११ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काएका थिए । उनलाई मलेसियाका बलर विरेनदीपले मुनियान्डीद्वारा क्याच गराएका थिए । १७औँ ओभरको अन्तिम बलमा दीपेन्द्र आउट हुँदा नेपालले ११४ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण