नयाँ वर्षको अवसरमा धनगढीमा दौड प्रतियोगिता

धनगढी । विगतको वर्षमा झैँ नयाँ वर्षको पहिलो दिन आज धनगढी दौड प्रतियोगिता आयोजना गरिएको छ । धनगढी जेसीजले हरेक वर्षजस्तै यस वर्ष पनि नयाँ वर्षका दिन धनगढीमा हाफ म्याराथन प्रतियोगिताको आयोजना गरी धनगढीलाई दौडाएको हो । आज बिहान धनगढी रङ्गशालाबाट दौड सुरु भएको हो ।
धनगढी जेसीजले २०७१ सालदेखि हरेक नयाँ वर्षको पहिलो दिन हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्दै आएको हो । २०७७ सालमा कोरोनाका कारण उसले प्रतियोगिताको आयोजना गर्न नसके पनि २०७१ सालदेखि प्रतियोगिता गर्दै आएको आयोजक धनगढी जेसीजले जनाएको छ । म्याराथन चार वटा विधामा हुँदै छ । २१ दशमलव १ किलोमिटरको हाफ म्याराथनका विजेताले ६६ हजार ६६६, दोस्रो हुनेले ४४ हजार ४४४ र तेस्रो हुनेले ३३ हजार ३३३ रकम पुरस्कार पाउने छन् ।
यस्तै कर्पोरेट तथा सञ्चार विधामा ५ किलोमिटर, महिला तर्फ ५ किलोमिटरको दौड हुनेछ । ती दुबै विधामा पहिलो हुनेले ६ हजार ६६६, दोस्रो हुनेले ४ हजार ४४४ र तेस्रो हुनेले ३ हजार ३३३ रकम पुरस्कार पाउनेछ । यस्तै ट्राईसाकल बिधामा पनि म्याराथन हुने र सम्मान सहित पुरस्कार दिइने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको रानीबारीमा जुवातास खेलिरहेका ९ जना पक्राउ
-
माओवादीलाई निधिको आग्रह : भिजिट भिसामा छानबिन भइरहेको छ, अब सभा सञ्चालन गर्न दिनुस्
-
विपक्षी दलहरूको बैठक नसकिएकाले प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ
-
कांग्रेसलाई बलियो बनाउन जरुरी छ : सभापति देउवा
-
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैँक
-
चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण