नयाँ वर्षको अवसरमा धनगढीमा दौड प्रतियोगिता
धनगढी । विगतको वर्षमा झैँ नयाँ वर्षको पहिलो दिन आज धनगढी दौड प्रतियोगिता आयोजना गरिएको छ । धनगढी जेसीजले हरेक वर्षजस्तै यस वर्ष पनि नयाँ वर्षका दिन धनगढीमा हाफ म्याराथन प्रतियोगिताको आयोजना गरी धनगढीलाई दौडाएको हो । आज बिहान धनगढी रङ्गशालाबाट दौड सुरु भएको हो ।
धनगढी जेसीजले २०७१ सालदेखि हरेक नयाँ वर्षको पहिलो दिन हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्दै आएको हो । २०७७ सालमा कोरोनाका कारण उसले प्रतियोगिताको आयोजना गर्न नसके पनि २०७१ सालदेखि प्रतियोगिता गर्दै आएको आयोजक धनगढी जेसीजले जनाएको छ । म्याराथन चार वटा विधामा हुँदै छ । २१ दशमलव १ किलोमिटरको हाफ म्याराथनका विजेताले ६६ हजार ६६६, दोस्रो हुनेले ४४ हजार ४४४ र तेस्रो हुनेले ३३ हजार ३३३ रकम पुरस्कार पाउने छन् ।
यस्तै कर्पोरेट तथा सञ्चार विधामा ५ किलोमिटर, महिला तर्फ ५ किलोमिटरको दौड हुनेछ । ती दुबै विधामा पहिलो हुनेले ६ हजार ६६६, दोस्रो हुनेले ४ हजार ४४४ र तेस्रो हुनेले ३ हजार ३३३ रकम पुरस्कार पाउनेछ । यस्तै ट्राईसाकल बिधामा पनि म्याराथन हुने र सम्मान सहित पुरस्कार दिइने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण