नमरेकी मुना र मदन
एक अज्ञात आवाज सुनेको छु
कालो रातमा मेरो कोठामा
आऊ भन्यो - सुन्दर आवाजमा ।
हातमा रातो गुलाफको फूल लिएर
थकित बोझका चिन्तामा
बास माग्यो –
एक्लै छु म भित्र ।
कसलाई आऊ भनेको ?
देखिन कोही पनि
आँखाहरूसँग आँखा जुधे
रातको समयको शरणको लागि
उसले टाढा हेरेर रात कालो छ भन्यो
कुतै नदेखिने प्रकाश बिनाको रातमा
म एक्ली !
सकिन बोल्न –
आऊ बाहिर आएर रात हेरौँ आकाशमा
रातको के हो प्रश्न गरौँ
तिमी परदेशी
तिम्रो र मेरो समय जोडौँ ।
तल तामाकोशीको सङ्गीत
सुनी रहेँ बेचैनी बनेर
माथि निष्पट अँध्यारोमा झ्याउँकिरीको धुन
समय आफैमा नीलो जस्तो लाग्यो
पातहरू लाजले आँखा चिम्म गरे
ताराहरू चम्कन बन्द भए
सोचेँ समयले साथ देओस्
एक अज्ञातको एक्लो नजरमा
खुला अग्निमा सत्यवती हाम फाले जस्तै
सोचेँ अग्नि-लाल मेरा सोचले
मनको इच्छाको गड्याङगुडुङ सुरु भयो
थाकेको आकाश फेरि हेरेँ
उसलाई मेरो शरीर चाहिएको थियो
रोटीको एक टुक्रा बाहिर फालेर
ढ्याम्म ढोका थुनेँ ।
विलापको धुनमा ढोका ढपढपायो
बिहान उठेर हेरेँ
मरिसकेछ !
पछुताएँ !
सुमसुम्याएँ उसका निष्प्राण हात
कक्रिएका ओठ र कठोर गालाहरूमा
समयको प्रेम पोखेँ
झल्याँस्स ब्युँझे
बाहिर झलमल्ल घाम लागेको थियो
चराहरू नाचिरहेका थिए आँगनमा
कोही आयो कोठामा
बसेँ
ऊ पल्ट्यो
समय र युगको कुरा गर्यो
नमरेकी मुना र मदनको मिलनको कथा सुनायो
भनेन तर मदनकी आमाको कथा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण