नेपाल र भारतका जनता-जनताबिचको सम्बन्ध अतुलनीय छ : मुख्यमन्त्री यादव
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल र भारतका जनता-जनता बिचको सम्बन्ध अतुलनीय रहेको बताएका छन् । नयाँ वर्षको अवसर पारेर जनकपुरधाममा आयोजित द्वितीय जनकपुरधाम सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले जनता-जनता बिचको अतुलनीय सम्बन्धकै कारण दुई देशको सम्बन्ध प्रगाढ रहेको बताएका हुन् ।
नेपाल—भारत बिचको सम्बन्ध दुई देशको सरकारभन्दा पनि जनता-जनता बिच रहेको उनले उल्लेख गरे । सीमा क्षेत्रमा सुरक्षा र राजश्वको नाममा केही वर्ष यता सर्वसाधारण सँग सुरक्षाकर्मीबाट भइरहेको व्यवहारले दुई देश बिचको सदियौँ पुरानो सम्बन्धलाई नै खलल पुर्याउने कार्य भइरहेको उल्लेख गर्दै उनले त्यसमा सुधार ल्याउन नेपाल र भारत दुवै सरकारसँग आग्रह गरे ।
भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत डिएस मिनाले दुई देश बिचको साझा संस्कृतिको प्रदर्शनकै लागि जनकपुरधाममा सांस्कृतिक महोत्सवको आयोजना गरिएको बताए । महोत्सवमा दुई देशका नारीहरूको साझा पहिरन साडीको प्रदर्शनीका साथै विभिन्न किल्लाहरूको फोटो प्रदर्शनी गरिएको थियो । महोत्सव अन्तर्गत साझा सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण