आज जुडशीतल पर्व मनाइँदै, मधेस प्रदेशमा सार्वजनिक बिदा
आइतबार, ०२ वैशाख २०८१, ०८ : ०५
धनुषा । तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् ।
विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ । सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन् ।
आज मीठा परिकार भोजन गर्ने परम्परा पनि छ । यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपाको केन्द्रीय निर्वाचन समिति गठन
-
ओमोडा बन्यो युरोपमा नै उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी
-
कास्कीमा साइबर अपराध बढ्यो, तीन महिनामा साढे २ करोड ठगी
-
नेसपाले श्रमिक दिवसको अवसरमा विभिन्न अभियानको घोषणा गर्ने
-
फर्कियो सेयर बजारको उत्साह, डेभलपमेन्ट बैंक समूह चम्किदा झण्डै २६ अंकको वृद्धि
-
किनेर खाना नपाउने अवस्था आउन सक्छ : मन्त्री साह