आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

फस्ट लुक्समा यस्तो देखियो ‘यो मन त मेरो नेपाली हो’

आइतबार, ०२ वैशाख २०८१, १३ : ०१
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । फिल्म ‘यो मन त मेरो नेपाली हो’को फस्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ । नयाँ वर्षको अवसर पारेर सार्वजनिक पोस्टरमा रोशन श्रेष्ठ, आयुषा समाल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’ र विजय बरालले स्थान पाएका छन् ।

प्रदर्शन मिति तय हुन बाँकी रहेको फिल्ममा ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । अमेरिकामा रहेका भारतको सिक्किम, दार्जिलिङ, जयगाउ पश्चिम बङ्गाल लगायतको ठाउँमा छायाङ्कन भएको छ ।

फिल्ममा रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजवंशी लगायतको अभिनय छ ।

पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रालि र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको फिल्मले विदेशमा रहेका नेपालीको मुद्दा कथा बनाएको छ । शिवम अधिकारीको लेखन रहेको फिल्ममा दीपक शर्माको संगीत, सौरभ लामाको छायाङ्कन, देव महर्जन द्वन्द्व, समीर मियाको भिएफएक्स , कविराज गहतराजको कोरियोग्राफी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप