फस्ट लुक्समा यस्तो देखियो ‘यो मन त मेरो नेपाली हो’
काठमाडौँ । फिल्म ‘यो मन त मेरो नेपाली हो’को फस्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ । नयाँ वर्षको अवसर पारेर सार्वजनिक पोस्टरमा रोशन श्रेष्ठ, आयुषा समाल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’ र विजय बरालले स्थान पाएका छन् ।
प्रदर्शन मिति तय हुन बाँकी रहेको फिल्ममा ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । अमेरिकामा रहेका भारतको सिक्किम, दार्जिलिङ, जयगाउ पश्चिम बङ्गाल लगायतको ठाउँमा छायाङ्कन भएको छ ।
फिल्ममा रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजवंशी लगायतको अभिनय छ ।
पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रालि र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको फिल्मले विदेशमा रहेका नेपालीको मुद्दा कथा बनाएको छ । शिवम अधिकारीको लेखन रहेको फिल्ममा दीपक शर्माको संगीत, सौरभ लामाको छायाङ्कन, देव महर्जन द्वन्द्व, समीर मियाको भिएफएक्स , कविराज गहतराजको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण