सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

मुख्यमन्त्रीको दाबी गर्न लक्ष्मणकिशोर चौधरी प्रदेश प्रमुखको कार्यालयमा

आइतबार, ०२ वैशाख २०८१, १४ : ४२
आइतबार, ०२ वैशाख २०८१

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयमा गएका छन् । 

नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ सांसद गरी बहुमत सांसदको समर्थन रहेको चौधरीको दाबी छ । तर नेकपा एकीकृत समाजवादीका ४ र नागरिक उन्मुक्ति पार्टीका २ सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगिनसकेको बुझिएको छ । 

यसैगरी एमाले माओवादी समूहबाट पनि मुख्यमन्त्रीको दाबी गर्न प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा रहेको एमाले नेता राजेन्द्रसिंह रावलले जानकारी दिए । लक्ष्मणकिशोर रेशम पक्षका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप