सुदूरपश्चिम प्रदेश
मुख्यमन्त्रीको दाबी गर्न लक्ष्मणकिशोर चौधरी प्रदेश प्रमुखको कार्यालयमा
आइतबार, ०२ वैशाख २०८१, १४ : ४२
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयमा गएका छन् ।
नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ सांसद गरी बहुमत सांसदको समर्थन रहेको चौधरीको दाबी छ । तर नेकपा एकीकृत समाजवादीका ४ र नागरिक उन्मुक्ति पार्टीका २ सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगिनसकेको बुझिएको छ ।
यसैगरी एमाले माओवादी समूहबाट पनि मुख्यमन्त्रीको दाबी गर्न प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा रहेको एमाले नेता राजेन्द्रसिंह रावलले जानकारी दिए । लक्ष्मणकिशोर रेशम पक्षका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण