बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सामान्य अंकले घट्यो सेयर बजार, ३ अर्बभन्दा बढीको कारोबार

आइतबार, ०२ वैशाख २०८१, १५ : २४
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । नयाँ वर्षको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य गिरावटसँगै बन्द भएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको सेयर बजार अन्तिमसम्ममा २.३५ अंकले घटेर बन्द भएको हो ।

यो ०.११ प्रतिशतको गिरावट हो । र, यससँगै नेप्से परिसूचक २०२३ अंकमा आइपुगेको छ । यसक्रममा १२७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०८ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै १० कम्पनीको सेयर मूल्य स्थिर कायम भएको छ ।

परिसूचक घटेपनि आज ३ अर्ब ६ करोड ३७ लाख रुपैयाँ बराबरको ७७ लाखभन्दा बढी कित्ता सेयर किनेबच भएको छ । परिसूचकमा सामान्य गिरावट आएपनि ४ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको छ ।

श्रृजनशील लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले बढ्दा एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, दोल्टी पावर र राप्ती हाइड्रोको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको छ । आज सबैभन्दा बढी गुरास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य घटेको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ४ समूहको सूचक भने बढेको छ । आइतबार व्यापार, लघुवित्त, जलविद्युत र वित्त समूहको सूचक बढेको हो । यसबाहेक सबै समूहमा गिरावट आएको छ । जसमध्ये निर्जीवन बीमा समूहको सूचक १०९ अंकले र जीवन बीमा समूहको सूचक ७१ अंकले घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप