मधेस प्रदेशका मुख्यमन्त्री यादवले वैशाख ४ मा विश्वासको मत लिने
वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत लिने तयारी गरेका छन् । सत्ता गठबन्धन फेरिएसँगै सरकारबाट नेपाली कांग्रेस बाहिरिएपछि मुख्यमन्त्री यादवले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएको हो ।
प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलका अनुसार वैशाख ४ गते बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिनेछन् । यसका लागि मुख्यमन्त्रीका तर्फबाट प्रदेश सभा सचिवालयमा पत्राचार गरिएको सभामुख मण्डलले पुष्टि गरे ।
मुख्यमन्त्री यादवले १५ महिनामा चौथो पटक विश्वासको मत लिन लागेका हुन् । गत चैत ९ गते मधेस सरकारबाट कांग्रेस बाहिरिँदै सरकारप्रतिको समर्थन फिर्ता लिएको थियो ।
नयाँ समीकरण अनुसार मधेस प्रदेश सरकारमा जसपा, एमाले, माओवादी, एकीकृत समाजवादी पार्टी र लोसपा सहभागी छन् ।
तर मन्त्रालयको भागबण्डाको विषयलाई लिएर सत्तारुढ दलहरूबिच मनमुटाव उत्पन्न भएको छ ।
लोसपा मन्त्रालय बाँडफाँटमा असन्तुष्ट छ । लोसपा प्रदेश सांसद रानी शर्माले भनिन्, ‘अहिलेको सरकारमा लोसपाको ठुलो असन्तुष्टि छ । हाम्रो पार्टी एकीकृत समाजवादीभन्दा ठुलो हो । तर हामीलाई एक मन्त्रालय दिइएको छ । अनि एकीकृत समाजवादीलाई केन्द्रीय समीकरण टिकाइ राख्न २ वटा मन्त्रालय दिने सहमति भएको छ । हामीलाई हाम्रो माग अनुसार मन्त्रालय दिइएन भने यथास्थितिमा सरकारमा रहिरहन कुनै जरुरी छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘फ्री भिसा फ्री टिकट नीति असफल भइसक्यो’
-
भारतीय सहयोगमा पुनर्निर्माण भएको ज्येष्ठ वर्ण महाविहारलाई युनेस्कोको ‘अवार्ड अफ मेरिट’ हस्तान्तरण
-
जुलाई ५ मा तेस्रो बिहे गर्दैछन् आमिर खान
-
फ्री भिसा फ्री टिकट नीति ठीक छैन भन्दैमा नमान्ने छुट कसैलाई छैन
-
ट्रम्प प्रशासनलाई कम्पनीको ५ प्रतिशत हिस्सा दिँदैछ ओपनएआई
-
अल्जेरियालाई २–० ले हराउँदै स्विट्जरल्यान्ड फिफा विश्वकपकाे अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण