मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

हस्तकला महासंघद्वारा नवनियुक्त मन्त्रीहरूलाई सम्मान

आइतबार, ०२ वैशाख २०८१, १६ : ३४
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । नेपाल हस्तकला महासंघले बागमती प्रदेश सरकारका नव नियुक्त संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्य, वन तथा  वातावरण मन्त्री केशव प्रसाद पोखरेल र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री श्री प्रकाश श्रेष्ठको सम्मानमा कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा हस्तकला क्षेत्रको दिगो विकास र प्रवर्द्धनको लागि बागमती प्रदेश सभामा दफावार छलफलको प्रक्रियामा रहेको बागमती प्रदेशका १३ वटै जिल्ला र ११९ पालिकाहरूमा ती पालिकाहरूको प्रकृति अनुसार हस्तकला ग्राम स्थापना तथा सञ्चालन अध्यादेश जति सक्दो चाँडो पारित गरि दिन अनुरोध गरिएको थियो । शाक्यले प्रदेश स्तरीय हस्तकला नीतिको स्वीकृति, सार्क हस्तकला विकास केन्द्र सञ्चालन, हस्तकला व्यापार तथा हस्तकला प्रतियोगिता सञ्चालन, हस्तकला विश्व विद्यालय स्थापनामा प्रदेश सरकारको सहयोगको लागि अध्यक्ष श्री प्रचण्ड शाक्यले बागमती प्रदेश सरकार समक्ष आग्रह गरेका थिए ।

सो अवसरमा ३ वटै विभागीय मन्त्रीहरूले हस्तकला क्षेत्रको प्रवर्द्धनको लागि आफ्नो मन्त्रालयले आ–आफ्नो कार्य क्षेत्र भित्र पर्ने कार्यहरूलाई प्राथमिकता पूर्वक कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । उनीहरूले प्रदेश भित्रका मन्त्रालय तथा कार्यालयहरूमा हस्तकलाको प्रयोग बढाउने, हस्तकला ग्राम स्थापना तथा सञ्चालन विधेयक संसद्बाट पारित गरी कार्यान्वयन गराउने, आगामी आर्थिक वर्षको बजेटमा सम्बन्धित संस्था कै नाम उल्लेख गरी बजेट विनियोजन गर्ने व्यवस्थाको थालनी गर्ने, हस्तकला नीति स्वीकृत गरी कार्यान्वयन गर्ने, वनजन्य उद्योगमा आधारित हस्तकला वस्तुको लागि आवश्यक पर्ने कच्चा पदार्थहरू काठ, ढुङ्गा सहज रूपबाट उपलब्ध गराउने आदि प्रतिबद्धता उक्त कार्यक्रममा व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप