शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा

आइतबार, ०२ वैशाख २०८१, १७ : ५८
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरी (आउटडोर) आइतबारदेखि सञ्चालनमा आएको छ । पौडी पोखरी तीन सिफ्टमा सञ्चालन हुने जानकारी अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख मधुसूदन बस्नेतले दिए ।

बिहान १०ः०० बजेदेखि १२ः०० बजेसम्म तथा अपराह्न १ः०० बजेदेखि ३ः०० बजेसम्म सर्वसाधारणका लागि पौडी पोखरी सञ्चालन गरिने छ । अपराह्न ४ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म भने खेलाडीको प्रशिक्षण र सदस्यहरूका लागि पौडी पोखरी सञ्चालन हुनेछ ।

सञ्चालनमा आउनुअघि आइतबार नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पौडी पोखरीको निरीक्षण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप