सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
आइतबार, ०२ वैशाख २०८१, १७ : ५८
काठमाडौँ । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरी (आउटडोर) आइतबारदेखि सञ्चालनमा आएको छ । पौडी पोखरी तीन सिफ्टमा सञ्चालन हुने जानकारी अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख मधुसूदन बस्नेतले दिए ।
बिहान १०ः०० बजेदेखि १२ः०० बजेसम्म तथा अपराह्न १ः०० बजेदेखि ३ः०० बजेसम्म सर्वसाधारणका लागि पौडी पोखरी सञ्चालन गरिने छ । अपराह्न ४ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म भने खेलाडीको प्रशिक्षण र सदस्यहरूका लागि पौडी पोखरी सञ्चालन हुनेछ ।
सञ्चालनमा आउनुअघि आइतबार नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पौडी पोखरीको निरीक्षण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण