राजनीति
एमाले भन्छ– सुदूरपश्चिममा केन्द्रको सहमतिअनुसार नै सरकार बन्छ
आइतबार, ०२ वैशाख २०८१, १८ : २६
काठमाडौँ । नेकपा (एमाले)ले सुदूरपश्चिममा केन्द्रको सहमति अनुसार नै सरकार गठन हुने बताएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सत्ता सहकार्य अनुसार नै सुदूरपश्चिममा सरकार गठन हुने दाबी गरेका हुन् ।
सचिवालय बैठकको निर्णय सुनाउँदै ज्ञवालीले नागरिक उन्मुक्ति पार्टीको विवादका कारण केही समस्या भएको पनि बताए ।
‘केन्द्रमा जुन सहकार्य भएको छ । त्यही अनुरूपकै सरकार सुदूरमा पनि बन्छ’, ज्ञवालीले भने, ‘एकीकृत समाजवादीको दलको नेताले केन्द्रको सहमति विपरीत पत्र दिएको भए पनि केन्द्रका नेताले त्यसो नगर्नुस्, त्यो गलत हो, फिर्ता लिनुस् भनेर निर्देशन दिएको सार्वजनिक भएको छ ।’
उनले नागरिक उन्मुक्ति पार्टीको विवाद र संसदीय दलको नेता को हो भन्ने कानुनी निर्क्योल भएपछि सरकार बन्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण