नेकपाका महासचिव विप्लवले किन बोलाए केन्द्रीय समिति बैठक ?
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले केन्द्रीय समिति बैठक बोलाएका छन् । बैठक केन्द्रीय कार्यालय कपिलवस्तुस्थित शिवगढीमा वैशाख ५–७ बस्ने स्थायी समिति सदस्य अनिल शर्मा विरहीले जानकारी दिए ।
विरहीका अनुसार पार्टीको ६ महिनामा गरेको कामको समीक्षा, आगामी योजना, समसामयिक राजनीतिक घटनाक्रम, वामपन्थीबिच धु्रबीकरण विषयमा छलफल हुनेछ । त्यसअघि केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न सोमबार स्थायी समिति बैठक बोलाइएको उनले जानकारी दिए ।
‘केन्द्रीय समितिको प्रस्ताव तय गर्न तीन गते स्थायी समिति बैठक बोलाइएको छ । चार गते पोलिटब्युरो बैठक बोलाइएको छ । बैठकले ६ महिनामा पार्टीले गरेको कामको समीक्षा र आगामी योजना तय गर्नेछ । यो बैठक नियमित बैठक भएपनि पछिल्लो राजनीतिक अवस्था र वामपन्थीबिच एकताको विषयमा पछि छलफल हुनेछ’, रातोपाटीसँग उनले भने ।
वामपन्थीबिच पार्टी एकताका विषयमा शीर्ष तहमा छलफल भएपनि निष्कर्षमा नपुगेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण