नेपालले पर्वत र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद गर्दै
काठमाडौँ । नेपालले पहिलो पटक आगामी जेठमा पर्वत र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवादको आयोजना गर्ने भएको छ । पर्वतीय क्षेत्रको मुद्दामा सबै पर्वतीय राष्ट्रहरुको समान धारणा कायम गरी आगामी दिनमा सोसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहललाई प्रभावकारी बनाउन जेठ ९ र १० गते काठमाडौँमा संवाद गर्न लागिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
‘पर्वत, जनता र जलवायु परिवर्तनमा अन्तर्राष्ट्रिय संवाद’मा नेपाललगायत अन्य पर्वतीय मुलुकका प्रतिनिधि, विषय विज्ञ एवं साझेदार संस्थाको सहभागिता रहनेछ । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणाली, जनजीवन र जैविक विविधतामा परेको नकारात्मक असरका बारेमा नेपालले सन् २००९ देखि जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनलगायतका अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउँदै आएको छ ।
गत वर्ष दुबईमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) ले पहिलो पटक पर्वतीय क्षेत्रको जलवायु सङ्कटलाई सम्बोधन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार आगामी जुनमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रयसङ्घीय संरचना महासन्धी (युएनएफसीसीसी) अन्तर्गतको वैज्ञानिक तथा प्राविधिक परामर्श सहायक निकाय (एसबिएसटिए) को ६० औँ बैठकमा पर्वत र जलवायु विषयमा विज्ञ छलफल आयोजना गर्न निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण