नेपाली नयाँ वर्षको अवसरमा सिट्रोनको एक्सचेन्ज अफर
सोमबार, ०३ वैशाख २०८१, १४ : २३

काठमाडौँ। फ्रेन्च अटोमोबाइल निर्माता सिट्रोनको नेपालस्थित आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले नेपाली नयाँ वर्षको अवसरमा ग्राहकहरूका लागि विशेष छुट अफर ल्याएको छ।
सांग्रिला मोटर्सका अनुसार सिट्रोन सी३ र इ-सी३ गाडीको खरिदमा ग्राहकलेरु २,५०,००० सम्म फाइदा लिन सक्नेछन्। यस अफरअन्तर्गत नगद बोनस, निःशुल्क रोड ट्याक्स, एक वर्षसम्मको बीमा र एक्सचेन्ज बोनससमेत समावेश छन्।
फ्रान्सेली ब्रान्डको १०३ वर्षको लेगेसी भएको सिट्रोनलाई इन्जिनियरिङ क्षमता, डिजाइन र नवीनताको प्रतीक मानिन्छ। सिट्रोनले इलेक्ट्रिक मोबिलिटी, एसयूभी, सेडान लगायतका गाडीहरू उत्पादन गर्दै आएको छ।
अफरको बारेमा थप जानकारीका लागि सांग्रिलाका शोरूमहरूमा सम्पर्क गर्न सकिनेछ। यस्तै कम्पनीको अधिकारिक वेबसाइट र सम्पर्क नम्बरमार्फत पनि जानकारी लिन सकिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एप्पलले भारतमा आइफोन बनाएको हेर्न चाहँदैनन् ट्रम्प
-
२०८२ भित्रै ११औँ महाधिवेशनको मुडमा अध्यक्ष ओली
-
रोनाल्डोमाथि खनिए समर्थक : कृपया क्लब छाडेर जाऊ, अब संन्यास घोषणा गर !
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
नव विवाहिता मृत्यु प्रकरणः माइती पक्षले लगायो हत्याको आरोप
-
बहराइनलाई हराउँदै तालिकाको पहिलो स्थानमा उक्लियो नेपाल