सेयर बजार
नेप्से सूचक झण्डै १७ अंकले घट्यो, कारोबार २ अर्ब ७९ करोडमा सीमित
सोमबार, ०३ वैशाख २०८१, १५ : २४
काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सूचकमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन सामान्य अंकले घटेर बन्द भएको बजारमा सोमबार १६.८२ अंकले नेप्से घट्दै २ हजार ६.५२ अंकमा झरेको हो ।
सोमबार कारोबार रकम समेत २ अर्ब ७९ करोड ७५ लाखमा सीमित भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
सोमबार १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १.६४ प्रतिशतले घटेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक १.५९ प्रतिशतले, र होटल तथा पर्यटन समूह १.१५ प्रतिशतले घटेको छ ।
२४५ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा सोमबार १८४ कम्पनीको सेयर मूल्य घटेको छ भने ५२ कम्पनीको मात्रै बढेको छ । बाँकी ८ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण