जेलमै रहने भए केजरीवाल, सर्वोच्चले बढाइदियो सुनुवाइको तारिख
नयाँ दिल्ली । रक्सी घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल अझै पनि जेलमै रहने भएका छन् । सर्वोच्च अदालतले उनको गिरफ्तारीविरुद्ध परेको निवेदनको सुनुवाइको तारेख अगाडि बढाइदिएको छ । केजरीवालको याचिकामा २९ अप्रिलमा सुनुवाइ हुनेछ ।
अप्रिल १९ मा भारतमा पहिलो चरणको मतदान हुँदै छ । यसको मतलब चुनाव सुरु भएको कम्तीमा १० दिन केजरीवाल जेलमा बस्नुपर्नेछ । अरविन्द केजरीवालको याचिकामा प्रवर्तन निर्देशनालयलाई जवाफ पेस गर्न सर्वोच्च अदालतले दुई हप्ताको समय दिएको छ ।
केजरीवालको तर्फबाट उपस्थित अधिवक्ता अभिषेक मनु सिंघवीले अप्रिल १९ बाट मतदान सुरु हुन लागेको भन्दै अदालतलाई अगाडिको तारेख दिन र शुक्रवार सुनुवाइ गर्न अनुरोध गरेका थिए ।
तर अदालतले केजरीवालको याचिकामा २९ अप्रिलअघि सुनवाइ सम्भव नभएको बताएको छ । अदालतले ईडीलाई नोटिस जारी गर्दै जवाफ पेस गर्न भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण