शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जेलमै रहने भए केजरीवाल, सर्वोच्चले बढाइदियो सुनुवाइको तारिख

सोमबार, ०३ वैशाख २०८१, १५ : ४४
सोमबार, ०३ वैशाख २०८१

नयाँ दिल्ली । रक्सी घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल अझै पनि जेलमै रहने भएका छन् । सर्वोच्च अदालतले उनको गिरफ्तारीविरुद्ध परेको निवेदनको सुनुवाइको तारेख अगाडि बढाइदिएको छ । केजरीवालको याचिकामा २९ अप्रिलमा सुनुवाइ हुनेछ ।

अप्रिल १९ मा भारतमा पहिलो चरणको मतदान हुँदै छ । यसको मतलब चुनाव सुरु भएको कम्तीमा १० दिन केजरीवाल जेलमा बस्नुपर्नेछ । अरविन्द केजरीवालको याचिकामा प्रवर्तन निर्देशनालयलाई जवाफ पेस गर्न सर्वोच्च अदालतले दुई हप्ताको समय दिएको छ ।

केजरीवालको तर्फबाट उपस्थित अधिवक्ता अभिषेक मनु सिंघवीले अप्रिल १९ बाट मतदान सुरु हुन लागेको भन्दै अदालतलाई अगाडिको तारेख दिन र शुक्रवार सुनुवाइ गर्न अनुरोध गरेका थिए । 

तर अदालतले केजरीवालको याचिकामा २९ अप्रिलअघि सुनवाइ सम्भव नभएको बताएको छ । अदालतले ईडीलाई नोटिस जारी गर्दै जवाफ पेस गर्न भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप