मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सलमान खानको घर बाहिर गोली चलाएको आरोपमा दुई जना पक्राउ

मङ्गलबार, ०४ वैशाख २०८१, १० : ३०
मङ्गलबार, ०४ वैशाख २०८१

मुम्बई । बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाएको घटनामा संलग्न दुई जना सन्दिग्ध पक्राउ परेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरू दुवैलाई गुजरातबाट पक्राउ गरिएको हो । आइतबार बिहान खानको घरबाहिर गोली हानाहान भएपछि मुम्बई प्रहरीले घटनाको अनुसन्धान गरिरहेको थियो ।

मुम्बई प्रहरीको अपराध शाखाको टोलीले संदिग्धहरूलाई गुजरातको भुजबाट पक्राउ गरेको मुम्बई प्रहरीले बताएको भन्दै पीटीआईले समाचार छापेको छ । संदिग्धहरुलाई मुम्बई ल्याउन लागिएको बताइएको छ । खानको घर बाहिर गोली चलाएको मामिलामा पश्चिम कच्छ प्रहरीले लरेन्स बिश्नोई गिरोहका दुई संदिग्धहरूलाई पक्राउ गरेको भुज पुलिसले जारी गरेकको प्रेस विज्ञप्तिमा भनिएको छ । पक्राउ पर्नेमा विक्की गुप्ता र सागर पाल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप