सलमान खानको घर बाहिर गोली चलाएको आरोपमा दुई जना पक्राउ
मङ्गलबार, ०४ वैशाख २०८१, १० : ३०
मुम्बई । बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाएको घटनामा संलग्न दुई जना सन्दिग्ध पक्राउ परेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरू दुवैलाई गुजरातबाट पक्राउ गरिएको हो । आइतबार बिहान खानको घरबाहिर गोली हानाहान भएपछि मुम्बई प्रहरीले घटनाको अनुसन्धान गरिरहेको थियो ।
मुम्बई प्रहरीको अपराध शाखाको टोलीले संदिग्धहरूलाई गुजरातको भुजबाट पक्राउ गरेको मुम्बई प्रहरीले बताएको भन्दै पीटीआईले समाचार छापेको छ । संदिग्धहरुलाई मुम्बई ल्याउन लागिएको बताइएको छ । खानको घर बाहिर गोली चलाएको मामिलामा पश्चिम कच्छ प्रहरीले लरेन्स बिश्नोई गिरोहका दुई संदिग्धहरूलाई पक्राउ गरेको भुज पुलिसले जारी गरेकको प्रेस विज्ञप्तिमा भनिएको छ । पक्राउ पर्नेमा विक्की गुप्ता र सागर पाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
-
प्लेब्याक गायनमा अरिजित सिंहले गरेका हुन् कमब्याक ?
-
अण्डाको फार्म मूल्य प्रति क्रेट ६० रुपैयाँसम्म घट्यो, उपभोक्ताका लागि घटेन
-
शिक्षा समता शुल्क खारेज भएसँगै अभिभावकहरूकाे कति रकम जाेगियाे ?
-
उज्बेकिस्तानकी पूर्वमोडलको खुलासाः जेल सजायका बेला पनि एप्स्टिनले यौनशोषण गरिरहे
-
१४ औँ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण