फाइटरका भिलेन जस्तै देखिए राजकुमार राव, गरेका हुन् कस्मेटिक सर्जरी ?
नयाँ दिल्ली । बलिउड अभिनेता राजकुमार राव यति बेला उनको आगामी फिल्म श्रीकान्तका कारण चर्चामा छन् । हालै मात्र फिल्मको ट्रेलर रिलिज भएको थियो । यसलाई दर्शकहरूले निकै मन पराएका छन् । यो बायोग्राफिकल फिल्म मे १० मा रिलिज हुँदै छ । अभिनेता फिल्मको प्रमोसनमा व्यस्त छन् । यसैबिच राव पत्नी अभिनेत्री पत्रलेखाको साथमा दलजित दोसांझको म्युजिक कन्सर्टमा देखिएका थिए ।
यति बेला राजकुमारको लूक निकै फरक देखिएको थियो । उनी निकै दुब्लो पातलो देखिएका छन् । कपाल अलि लामो पालेका छन् । उनको यो लूक देखेर फ्यानहरू हैरान छन् । यो लुकलाई हेरेर धेरैले उनलाई फाइटरका भिलेन ऋषभ साहनीसँग गरिरेहका छन् । उनको लूक ऋषभसँग मिल्दो जुल्दो देखिएका छन् । राजकुमारले प्लास्टिक सर्जरी गरेको केहीले बताइरहेका छन् । धेरैले अभिनेतालाई ट्रायल गरिरहेका छन् । एक युजरले राजकुमार फाइटरका भिलेनजस्तै देखिएको भनेका छन् ।
राजकुमारले लूक बदल्नुको आवश्यकता नबुझेको अर्कोले भनेका छन् । अर्का युजरले अभिनेता सुन्दर स्क्विडवर्ड जस्तै देखिन थालेको बताएका छन् । एक जनाले भने ठिकठाकको अनुहार बिगारेको बताए । अर्का एक जनाले अभिनेताको नयाँ लूकसँग घृणा हुन थालेको बताए । कसैले उनलाई मैनको पुतला जस्तै भनेका छन् भने कसैले अनुहारको प्लास्टिक सर्जरी गराएको भनेको छन् । यो वर्षको सुरुमा राजकुमारलाई एउटा अन्तरवार्तामा प्लास्टिक सर्जरी गरेको हो भनेर सोध्दा उनले सिधै होइन भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण