नक्कली सुन दिएर रकम ठगी गर्ने पक्राउ
मङ्गलबार, ०४ वैशाख २०८१, १२ : ५५
झापा । नक्कली सुन दिएर ६० हजार रूपैयाँ ठगी गरेको अभियोगमा भारत सिलिगुडी बस्ने ५४ वर्षीय शेर बहादुर गिरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिर्तामोड नगरपालिका-५ शनिश्चरे रोडस्थित बुद्धशन्ति गाउँपालिका-२ बस्ने ४५ वर्षीया महिलालाई गिरीले आफूसँग काँचो सुन छ, ६० हजारमा दिन्छु भनी ललाई फकाई महिलाको साथबाट उक्त नगद लिई नक्कली सुनको टिल दिई ठगी गरेका थिए । यसबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरीले गिरीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण