८ लाखभन्दा बढीलाई हात्तीपाइलेबिरुद्धको औषधि खुवाइने
सर्लाही । सर्लाहीमा ८ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । मंगलबार स्वास्थ्य कार्यालय सर्लाहीमा आयोजित हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानको जिल्लास्तरीय अन्तरक्रियामा उक्त जानकारी दिइयो ।
जिल्लाभरिबाट दुई वर्ष उमेर समूहभन्दा माथिका आठ लाख २४ हजार छ सय ७१ जनालाई हात्तीपाइलेविरुद्धको औषधि सेवन गराउन लागिएको कार्यालय प्रमुख डा नवलकिशोर झाले जानकारी दिए ।
राष्ट्रव्यापी कार्यक्रमअन्तर्गत यही वैशाख १६ गतेबाट २९ गतेसम्म अभियान सञ्चालन गरिने भएको छ । अभियानमा पाँच सय २५ जना स्वास्थ्यकर्मी र एक हजार तीन सय २६ जना महिला स्वास्थ्य स्वयमसेवीका गाउँगाउँमा परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार गतवर्ष पनि यस जिल्लामा सात लाख ६२ हजार छ सय ८४ जनालाई हात्तीपालेविरुद्धको औषधि खुवाइएको थियो । गर्भवती, सात दिनसम्मका सुत्केरी, गम्भीर किसिमका बिमारीलगायतले भने यो औषधि सेवन गर्न नहुने डा झाको भनाइ छ । हात्तीपाइले रोगबाट बच्न अन्य सबैले अनिवार्य रूपमा औषधि सेवन गर्नुपर्ने उनको भनाइ छ ।
औषधि सेवनका क्रममा जिल्लामा अहिलेसम्म कुनै किसिमको गम्भीर समस्या नदेखिएकाले निर्धक्क भएर अभियानमा सहभागी भई औषधि सेवन गर्न सबैमा स्वास्थ्य कार्यालय सर्लाहीले आग्रह गरेको छ ।
जिल्लाका शतप्रतिशतलाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको हो । यो अभियानअन्तर्गत देशभरिका सात जिल्लामा औषधि खुवाउन लागिएको हो । त्यसमध्ये मधेसमा सर्लाहीसहित चार जिल्लामा यो अभियान सञ्चालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर (सूचीसहित)
-
होटल र रिसोर्ट खुल्ने क्रम तीव्र : दर्ता भएका ३५० होटलमा १६ हजार ६१३ कोठा
-
शताब्दी पुरानो वासिङ पहिरोले बर्सेनि उठीबास
-
रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
-
विश्वकपपछि राष्ट्रिय टोलीबाट रोनाल्डोको बिदाइ हुने दिदीको दाबी
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि पोर्चुगल र क्रोएसियाबिच भिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण