मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

मधेस प्रदेशसभा बैठकमा हानाहान, कुर्सी तोडफोड

मङ्गलबार, ०४ वैशाख २०८१, १९ : ३९
मङ्गलबार, ०४ वैशाख २०८१

वीरगन्ज । झण्डै ५ घन्टापछि सुरु भएको मधेस प्रदेश सभामा पुनः विवाद भएको छ । १० मिनेटको लागि स्थगित प्रदेशसभा ५ घन्टापछि सुरु हुँदा हानाहान भएको हो ।

यस्तै कुर्सी तोडफोड, माइक र सीसीटीभी क्यामरामा पनि तोडफोड भएको एक प्रदेश सांसदले बताए । 

सदन सुरु भएलगत्तै जनमत पार्टीले पुनः अवरोध सृजना गरेको थियो । आफ्ना माग सम्बोधन नभएको भन्दै जनमत पार्टीले दोस्रो पटक सदन अवरोध गरेपछि विवाद भएको हो ।

जनमत पार्टीले सदन अवरोध गरेको बेला मुख्यमन्त्री सरोज कुमार यादवले जबरजस्ती प्रस्ताव पेस गर्न लाग्दा विवाद भएको प्रदेश सांसद श्याम पटेलले बताए ।

उनले भने,‘ ५ घन्टापछि सदन सुरु भयो । तर जनमतको माग सम्बोधन नभएपछि उसले फेरि सदनमा विरोध गर्न थाल्यो । यहीबिच मुख्यमन्त्रीले जबरजस्ती प्रस्ताव पेस गर्न खोज्नुभयो । त्यसपछि जनमत पार्टीसहित कांग्रेसले विरोध जनायो । यही बेला तानातान मात्रै होइन, हातपातसमेत भयो ।’

बैठकमा विवाद भएपछि पुनः मधेस प्रदेशसभा १० मिनेटको लागि स्थगित भएको छ । विश्वासको मत लिनका लागि सुरु भएको बैठकमा जनमत पार्टीले राजविराजको कृषि विश्वविद्यालयमा भएको घटनाको लागि छानबिन गठनको माग गरेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप