इन्डोनेसियामा पहिरो : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
मङ्गलबार, ०४ वैशाख २०८१, २१ : ४९
जाकर्ता । खोज र उद्धार टोलीले दक्षिण सुलावेसीको ताना तोराजामा थप दुई शव फेला पारेसँगै पहिरोमा परी मृत्यु ह्नेको सङ्ख्या २० पुगेको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले मङ्गलबार जनाएको छ ।
उच्च बहावसहितको तीव्र वर्षाले शनिबार राति लेमाङ रनदन बाटु र मानगाउ गाउँका अस्थिर भूमिमा पहिरो जाँदा केही मानिस घाइते हुनुका साथै चार वटा घर पुरिएको स्रोतले जनाएको छ ।
कुहिरो, वर्षा र पहिरोका कारण सडक अवरुद्ध भए पनि खोजी तथा उद्धार कार्य गरिएको थियो । हालै मृतक दुई जनाको खोजीसँगै बेपत्ता भएका सबै फेला परेका छन् । त्यसपछि खोजी अभियान स्थगित गरिएको छ । -(रासस/ सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण