प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री अधिकारीबिच भेटवार्ता
बुधबार, ०५ वैशाख २०८१, १० : ५२
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले भेटवार्ता गरेका छन् । बुधबार बिहान बालुवाटार पुगेर मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता र विकास निर्माणबारे छलफल गरेका हुन् ।
मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्रीसँग भएको भेटको तस्बिर सार्वजनिक गर्दै प्रदेशका विकासबारे छलफल भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यूसँग गण्डकी प्रदेशको समग्र विकासका बारेमा केन्द्र सरकारले गर्नुपर्ने सहयोगका सबै पक्षहरुमा छलफल भयो र उहाँले सकारात्मक रुपमा लिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले भनेका छन् ।
गण्डकी प्रदेश मन्त्रिपरिषद्ले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई विशेष अधिवेशन डाक्न सिफारिस गरेपछि मुख्यमन्त्री अधिकारी प्रधानमन्त्री भेट्न पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण