प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री अधिकारीबिच भेटवार्ता
बुधबार, ०५ वैशाख २०८१, १० : ५२

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले भेटवार्ता गरेका छन् । बुधबार बिहान बालुवाटार पुगेर मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता र विकास निर्माणबारे छलफल गरेका हुन् ।
मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्रीसँग भएको भेटको तस्बिर सार्वजनिक गर्दै प्रदेशका विकासबारे छलफल भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यूसँग गण्डकी प्रदेशको समग्र विकासका बारेमा केन्द्र सरकारले गर्नुपर्ने सहयोगका सबै पक्षहरुमा छलफल भयो र उहाँले सकारात्मक रुपमा लिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले भनेका छन् ।
गण्डकी प्रदेश मन्त्रिपरिषद्ले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई विशेष अधिवेशन डाक्न सिफारिस गरेपछि मुख्यमन्त्री अधिकारी प्रधानमन्त्री भेट्न पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र लिङ्देन र कमल थापालाई दायाँबायाँ राखेर आन्दोलन घोषणा गर्न सफल भए नवराज सुवेदी
-
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
-
हिन्दु राष्ट्र र राजसंस्था स्थापित नभएसम्म आन्दोलन रोकिँदैन : कमल थापा
-
राजावादी समूहको १४ बुँदे प्रतिबद्धता पत्रमा के छ ? (पूर्णपाठसहित)
-
‘मिस एण्ड मिस्टर नेसनल’ का विजेता छानिए
-
‘अपरेसन सिन्दूर’ अझै जारी छ : भारत