उपनिर्वाचन
इलाम र बझाङका लागि आयोगले पठायो मतपत्र
बुधबार, ०५ वैशाख २०८१, १२ : ३३
काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ का लागि मतपत्र पठाएको छ ।
जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छापाखानामा छापेर आज सम्बन्धित जिल्लामा मतपत्र पठाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले रातोपाटीलाई जानकारी दिए । इलाम क्षेत्र नम्बर २ का लागि १ लाख २८ हजार प्रति मतपत्र र बझाङमा हुन लागेको उपनिर्वाचनका लागि ६८ हजार मतपत्र छपाई गरी सम्बन्धित क्षेत्रमा पठाएको हो । मतदाता सङ्ख्या भन्दा झन्डै १० प्रतिशत बढी मतपत्र पठाइएको हो ।
केही मतपत्रमा मसी लतपतिने, च्यातिने, बिग्रिने भएका कारण केही प्रतिशत बढी मात्रामा मतपत्र छपाई गरिने शर्माले जानकारी दिए । ती क्षेत्रमा यतिबेला विभिन्न दलका उम्मेदवारहरू चुनाव प्रचारको क्रममा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण