मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

इलाम र बझाङका लागि आयोगले पठायो मतपत्र

बुधबार, ०५ वैशाख २०८१, १२ : ३३
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ का लागि मतपत्र पठाएको छ । 

जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छापाखानामा छापेर आज सम्बन्धित जिल्लामा मतपत्र पठाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले रातोपाटीलाई जानकारी दिए । इलाम क्षेत्र नम्बर २ का लागि १ लाख २८ हजार प्रति मतपत्र र बझाङमा हुन लागेको उपनिर्वाचनका लागि ६८ हजार मतपत्र छपाई गरी सम्बन्धित क्षेत्रमा पठाएको हो । मतदाता सङ्ख्या भन्दा झन्डै १० प्रतिशत बढी मतपत्र पठाइएको हो । 

केही मतपत्रमा मसी लतपतिने, च्यातिने, बिग्रिने भएका कारण केही प्रतिशत बढी मात्रामा मतपत्र छपाई गरिने शर्माले जानकारी दिए । ती क्षेत्रमा यतिबेला विभिन्न दलका उम्मेदवारहरू चुनाव प्रचारको क्रममा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप