सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरूको भीड
बुधबार, ०५ वैशाख २०८१, १२ : ५५
काठमाडौँ । काठमाडौँको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरूको भीड लागेको छ । चैत्र शुक्ल अष्टमी (मंगलबार) बाट सुरु भएको रथयात्राको रथ तानेर मंगलबार नै असन पुर्याइएको थियो ।
तीनधारा पाठशालाबाट सुरु भएको रथ जात्रालाई मंगलबार जमलबाट तानेर असन पुर्याइएको थियो । आज (बुधवार) रथलाई तानेर असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमान ढोका पुर्याइनेछ ।
चैत ६ गते सो रथलाई हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल ज्याबहाल हुँदै लगन चोक पुर्याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन छ ।
पानी, सहकाल र दीर्घ जीवनको कामना गर्दै यो रथयात्रा निकाल्ने गरिन्छ । सेतो मच्छिन्द्रनाथलाई करुणाको खानी रूपमा पनि लिइन्छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण