थाइल्याण्डको नेपाली मन्दिरमा भगवान राम र सीताको मूर्ति प्राण प्रतिष्ठा
काठमाडौँ । राम नवमीको अवसरमा थाइल्यान्डको नेपाली मन्दिरमा भगवान राम र सीताको मूर्ति प्राण प्रतिष्ठा गरिएको छ । बैंककको सुकुम्बित ८१ सिरिफोटमा रहेको श्री त्रिनाथ देवालय धाम मन्दिरमा बुधबार विहान ८ बजेर ४५ मिनेटको शुभ मुर्हतमा पण्डित पदमप्रसाद भट्टराईले भगवान राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति प्राण प्रतिष्ठा गराएका छन् ।
_WQZlv3NMdi.jpg)
त्रिनाथ मन्दिरमा पहिलोपटक भगवान रामको प्राण प्रतिष्ठा गरिएको मन्दिर सञ्चालक समितिका महासचिव राजु बलामीले जानकारी दिएका छन् । प्राण प्रतिष्ठामा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली सहभागी भएर पूजा पाठ गरेका थिए ।
राजदूत वलीले नेपाली मन्दिर नेपालीमात्र नभई नेपाल भाषीको पनि आस्थाको केन्द्र रहेको भन्दै संरक्षण तथा प्रवद्र्धनमा सघाउने प्रतिबद्धता जनाएका छन् । प्राण प्रतिष्ठासँगै मन्दिरमा रामनवमीका अवसरमा पूजा सत्संघ भजन कीर्तन पनि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण