मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्याण्डको नेपाली मन्दिरमा भगवान राम र सीताको मूर्ति प्राण प्रतिष्ठा

बुधबार, ०५ वैशाख २०८१, १३ : ०५
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । राम नवमीको अवसरमा थाइल्यान्डको नेपाली मन्दिरमा भगवान राम र सीताको मूर्ति प्राण प्रतिष्ठा गरिएको छ । बैंककको सुकुम्बित ८१ सिरिफोटमा रहेको श्री त्रिनाथ देवालय धाम मन्दिरमा बुधबार विहान ८ बजेर ४५ मिनेटको शुभ मुर्हतमा पण्डित पदमप्रसाद भट्टराईले भगवान राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति प्राण प्रतिष्ठा गराएका छन् । 

tample (2)

त्रिनाथ मन्दिरमा पहिलोपटक भगवान रामको प्राण प्रतिष्ठा गरिएको मन्दिर सञ्चालक समितिका महासचिव राजु बलामीले जानकारी दिएका छन् । प्राण प्रतिष्ठामा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली सहभागी भएर पूजा पाठ गरेका थिए ।

राजदूत वलीले नेपाली मन्दिर नेपालीमात्र नभई नेपाल भाषीको पनि आस्थाको केन्द्र रहेको भन्दै संरक्षण तथा प्रवद्र्धनमा सघाउने प्रतिबद्धता जनाएका छन् । प्राण प्रतिष्ठासँगै मन्दिरमा रामनवमीका अवसरमा पूजा सत्संघ भजन कीर्तन पनि गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप