चर्चा बटुल्दै गजुरेलको सहिद शुक्रराज शास्त्री गेटअप
काठमाडौँ । हास्य कलाकार मनोज गजुरेल कलाकारिताको सिलसिलामा फरक गेटअप गर्न माहिर छन् । उनले गर्ने अधिकांश गेटअप जीवन्त र चर्चा योग्य हुन्छ ।
यस्तैमा पछिल्लो समय गजुरेलको सहिद शुक्रराज शास्त्री गेट अप चर्चामा छाएको छ । यो गेटअपमा उनले नयाँ वर्ष २०८१ को अवसरमा सिस्नुपानी नेपालले आयोजना गरेको कार्यक्रम ‘शहीद गेट’ का लागि गरेका थिए । जसको भिडियो उनले आफ्नो अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । सार्वजनिक भिडियोले दिन प्रतिदिन चर्चा बटुल्दैछ ।
२१ मिनेट लामो भिडियोमा गजुरेल शुक्रराज शास्त्री बन्दा कलाकार चक्र दवाडी सहिद दशरथ चन्दको भूमिकामा उनलाई साथ दिएका छन् । यी भूमिका मार्फत कलाकारले इतिहासको सम्झना गर्दै वर्तमानप्रति थुप्रै प्रश्न उठाइएको छ ।
‘हामीले क्रान्ति गर्दा हाम्रो नशा नशामा रातो खुन बग्थ्यो । अहिले त पहेँले सुन बग्न थालेछ’ हातमा श्रीमद्भागवत गीताको पुस्तक समातेका गजुरेलले शुक्रराज शास्त्री गेटअपमा बोलेको यो संवाद वर्तमानप्रति तिखो व्यङ्ग्य हो । शहीद गेटमा राखिएका यी दुई शहीदको प्रतिमा बिचको संवादमा आधारित भिडियोमा देशमा भइरहेका श्रम सहिद र सहिदको घोषणा लहरप्रति समेत प्रहार गरिएको छ ।
स्वदेशी तथा विदेशी चर्चित पात्रमार्फत समाजको चेतनाका लागि विभिन्न व्यङ्ग्य गर्दै आएका गजुरेलको यसपटकको प्रस्तुति विगतका भन्दा निकै मार्मिक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण