मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

यस्तो छ उपनिर्वाचनका लागि इलाम २ र बझाङ प्रदेश १ को नमुना मतपत्र

बुधबार, ०५ वैशाख २०८१, १५ : २०
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ का लागि मतपत्र छपाई गरेर पठाइसकेको छ । 

यतिबेला इलाम २ मा १९ जना उम्मेदवारहरू र बझाङ प्रदेशसभा १ मा ११ जना उम्मेदवारहरू चुनावी प्रचारमा रहेका छन् । 

निर्वाचन आयोगले ती क्षेत्रमा प्रयोग हुने मतपत्रको नमुना सार्वजनिक गरेको छ ।  जस अनुसार इलाम क्षेत्र नम्बर २ मा मतपत्रको पहिलो नम्बरमा एमालेको सूर्य चिन्ह, दोस्रोमा कांग्रेसको रुख, तेस्रोमा रास्वपाको घण्टी, चौथोमा राप्रपाको हलो, पाँचौँमा जनमत पार्टीको हर्न लगायत क्रमशः अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूको चिन्ह रहेको छ । 

यता बझाङ प्रदेशसभाको निर्वाचनका लागि सार्वजनिक नमुना मतपत्रमा पहिलो नम्बरमा एमाले, दोस्रोमा कांग्रेस, तेस्रोमा माओवादी केन्द्र, चौथोमा राप्रपा लगायतका दलहरूको चुनाव चिन्ह राखिएको छ ।

१2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप