यस्तो छ उपनिर्वाचनका लागि इलाम २ र बझाङ प्रदेश १ को नमुना मतपत्र
काठमाडौँ । यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ का लागि मतपत्र छपाई गरेर पठाइसकेको छ ।
यतिबेला इलाम २ मा १९ जना उम्मेदवारहरू र बझाङ प्रदेशसभा १ मा ११ जना उम्मेदवारहरू चुनावी प्रचारमा रहेका छन् ।
निर्वाचन आयोगले ती क्षेत्रमा प्रयोग हुने मतपत्रको नमुना सार्वजनिक गरेको छ । जस अनुसार इलाम क्षेत्र नम्बर २ मा मतपत्रको पहिलो नम्बरमा एमालेको सूर्य चिन्ह, दोस्रोमा कांग्रेसको रुख, तेस्रोमा रास्वपाको घण्टी, चौथोमा राप्रपाको हलो, पाँचौँमा जनमत पार्टीको हर्न लगायत क्रमशः अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूको चिन्ह रहेको छ ।
यता बझाङ प्रदेशसभाको निर्वाचनका लागि सार्वजनिक नमुना मतपत्रमा पहिलो नम्बरमा एमाले, दोस्रोमा कांग्रेस, तेस्रोमा माओवादी केन्द्र, चौथोमा राप्रपा लगायतका दलहरूको चुनाव चिन्ह राखिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण