मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बोइङका कारण युनाइटेड एयरलाइन्सलाई २० करोड डलर घाटा

बुधबार, ०५ वैशाख २०८१, १५ : ४८
बुधबार, ०५ वैशाख २०८१

वासिङ्टन डीसी । यस वर्षको पहिलो त्रैमासमा कम्पनीलाई २० करोड डलर घाटा हुनुको कारण बोइङ भएको अमेरिकी विमान सेवा प्रदायक कम्पनी युनाइटेड एयरलाइन्सले बताएको छ । जनवरीमा आकाशमा उडिरहेको समयमा अलस्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ विमानको ढोका फुस्किएको थियो । यो घटनापछि युनाइटेड एयरलाइन्सले आफ्ना दर्जनौँ थान बोइङ म्याक्स ९ ग्राउन्डेड गरेको थियो ।

पहिलो त्रैमासमा कम्पनीको कर पूर्वको घाटा १६ करोड २० लाख डलर पुगेको बताइएको छ । विमान ग्राउन्डेड भएकै कारण कम्पनीलाई उक्त त्रैमासमा २० करोड डलर घाटा भएको युनाइटेडको भनाइ छ । ग्राउन्डेड नभएको भए उक्त त्रैमासमा नाफामा जाने कम्पनीको भनाइ छ । घाटाको यो आकार वाल स्ट्रिटले गरेको अनुमानभन्दा चाहिँ कम हो ।

युनाइटेडसँग ७९ थान बोइङ ७३७ म्याक्स ९ छ । जनवरीमा उक्त घटनाबारे छानबिन सकिएर अमेरिकाको उड्डयन नियामकले विमानलाई उडानको अनुमति नदिँदासम्म युनाइटेड र अलस्का दुवैले हजारौँ उडान रद्द गर्न बाध्य भएका थिए । यस घटनाका कारण भएको क्षतिको पूर्ति गर्न बोइङले अलस्का एयरलाइन्सलाई यो महीनाको सुरुमा १६ करोड डलर तिरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप