बोइङका कारण युनाइटेड एयरलाइन्सलाई २० करोड डलर घाटा
वासिङ्टन डीसी । यस वर्षको पहिलो त्रैमासमा कम्पनीलाई २० करोड डलर घाटा हुनुको कारण बोइङ भएको अमेरिकी विमान सेवा प्रदायक कम्पनी युनाइटेड एयरलाइन्सले बताएको छ । जनवरीमा आकाशमा उडिरहेको समयमा अलस्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ विमानको ढोका फुस्किएको थियो । यो घटनापछि युनाइटेड एयरलाइन्सले आफ्ना दर्जनौँ थान बोइङ म्याक्स ९ ग्राउन्डेड गरेको थियो ।
पहिलो त्रैमासमा कम्पनीको कर पूर्वको घाटा १६ करोड २० लाख डलर पुगेको बताइएको छ । विमान ग्राउन्डेड भएकै कारण कम्पनीलाई उक्त त्रैमासमा २० करोड डलर घाटा भएको युनाइटेडको भनाइ छ । ग्राउन्डेड नभएको भए उक्त त्रैमासमा नाफामा जाने कम्पनीको भनाइ छ । घाटाको यो आकार वाल स्ट्रिटले गरेको अनुमानभन्दा चाहिँ कम हो ।
युनाइटेडसँग ७९ थान बोइङ ७३७ म्याक्स ९ छ । जनवरीमा उक्त घटनाबारे छानबिन सकिएर अमेरिकाको उड्डयन नियामकले विमानलाई उडानको अनुमति नदिँदासम्म युनाइटेड र अलस्का दुवैले हजारौँ उडान रद्द गर्न बाध्य भएका थिए । यस घटनाका कारण भएको क्षतिको पूर्ति गर्न बोइङले अलस्का एयरलाइन्सलाई यो महीनाको सुरुमा १६ करोड डलर तिरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्तिशाली सरकार बन्दा पनि अझै उठ्न सकेन निजी क्षेत्र
-
देखाइयो रातो मच्छिन्द्रनाथको भोटो, जात्रा सम्पन्न
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमाधम भइरहेको छ तयारी (तस्बिरहरू)
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण