नाकाबन्दीमा भारतले सहयोग नगर्दा मधेसीको माग पूरा भएन : राजेन्द्र महतो
काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले २०७२ सालको नाकाबन्दी भारतले नभई मधेसी दलले गरेको दाबी गरेका छन् । बुधबार आफैँले लेखेको पुस्तक ‘अधुरा क्रान्ति’ को विमोचन कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
पुस्तकका एक टिप्पणीकर्ताले नाकाबन्दी भारतले गरेको भन्ने टिप्पणीप्रति प्रतिक्रिया दिँदै महतोले सो कुरा बताएका हुन् । नाकाबन्दीलाई भारतले सहयोग नगर्दा मधेसीको माग पूरा हुन नसकेको उनले दाबी गरे ।
‘भारतले नाकाबन्दी गरेको भए त्यो बेला कसरी त्यति आयात भयो त ? अरू बेला जति आयात हुन्थ्यो त्यति नै आयात त्यतिबेला भएको थियो भने कसरी भारतले नाकाबन्दी गर्यो ?’ संयोजक महतोले भने ।
उनले अगाडि भने, ‘नेपालमा मधेसीको माग पूरा नहुनुमा भारतले जस लिनुपर्छ । किनभने ८ बुँदे सम्झौता भारतले गराएको थियो। तर आज त्यो सम्झौता कार्यान्वयन भएको छैन । त्यसको जिम्मेवारी भारतले लिनुपर्छ ।’
ब्रिटिशसँग सुगौली सन्धि हुँदा भारत साक्षी भएकाेले आजसम्म त्यो कार्यान्वयन नभएको भन्दै उनले त्यसको दोष पनि भारतले लिनुपर्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण