मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नाकाबन्दीमा भारतले सहयोग नगर्दा मधेसीको माग पूरा भएन : राजेन्द्र महतो

बुधबार, ०५ वैशाख २०८१, १६ : २२
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले २०७२ सालको नाकाबन्दी भारतले नभई  मधेसी दलले गरेको दाबी गरेका छन् । बुधबार आफैँले लेखेको पुस्तक ‘अधुरा क्रान्ति’ को विमोचन कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

पुस्तकका एक टिप्पणीकर्ताले नाकाबन्दी भारतले गरेको भन्ने टिप्पणीप्रति प्रतिक्रिया दिँदै महतोले सो कुरा बताएका हुन् । नाकाबन्दीलाई भारतले सहयोग नगर्दा मधेसीको माग पूरा हुन नसकेको उनले दाबी गरे ।

‘भारतले नाकाबन्दी गरेको भए त्यो बेला कसरी त्यति आयात भयो त ? अरू बेला जति आयात हुन्थ्यो त्यति नै आयात त्यतिबेला भएको थियो भने कसरी भारतले नाकाबन्दी गर्‍यो ?’ संयोजक महतोले  भने । 

उनले अगाडि भने, ‘नेपालमा मधेसीको माग पूरा नहुनुमा भारतले जस लिनुपर्छ । किनभने ८ बुँदे सम्झौता भारतले गराएको थियो।  तर आज त्यो सम्झौता कार्यान्वयन भएको छैन । त्यसको जिम्मेवारी भारतले लिनुपर्छ ।’

ब्रिटिशसँग सुगौली सन्धि हुँदा भारत साक्षी भएकाेले आजसम्म त्यो कार्यान्वयन नभएको भन्दै उनले त्यसको दोष पनि भारतले लिनुपर्ने दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप