‘भारतले मधेसका लागि केही गर्दिन्छ भन्ने भावबाट मुक्त हुनुपर्छ’
काठमाडौँ । राजनीतिक विश्लेषक सिके लालले भारतले मधेसका लागि केही गर्दिन्छ भन्ने भावबाट मुक्त हुनुपर्ने बताएका छन् । उनले जुन दिन मधेस यसबाट मुक्त हुन्छ त्यहीँबाट मधेसको मुक्ति हुने बताएका हुन् ।
उनले भारतले मधेसका लागि केही गर्दिन्छ भनी मधेसका नेताहरूले जनतालाई आशामा राखेको बताए । उनले यो भाव राजेन्द्र महतोको पुस्तक ‘अधुरा क्रान्ति’ पुस्तकमा पनि उल्लेख रहेको बताए ।
राष्ट्रिय क्रान्ति मुक्तिका संयोजक राजेन्द्र महतोको अधुरा क्रान्ति पुस्तकमाथि टिप्पणी गर्दै उनले भने, ‘भारतले गर्दिन्छ भने भावबाट जुन दिन मुक्ति हुन्छ त्यो दिन मधेस मुक्तिको प्रस्थान बिन्दु हुन्छ ।’
विश्लेषक लालले मधेसी आफ्नो अधिकारका लागि नाकामा बसेको बताउँदै भारतले नाकाबन्दी गरेमा त्यसको दोषी मधेसी नहुने बताए । किताबमा महतोले मधेसीलाई भारतीय भनेर सम्बोधन गरेको उल्लेख गर्दै उनले त्यसमा दुःख मान्नुपर्ने अवस्था नरहेको बताए । उनले नेपाल–भारत बिचमा विशेष सम्बन्ध रहेको बताए ।
यस्तै पत्रकार कणकमणी दीक्षितले मधेसवादी दलका नेताहरू नाकामा बसेकाले नाकाबन्दी नभएको टिप्पणी गरे । उनले नाकाबन्दी भारतले गरेको बताए । उनले भने, ‘नाकाबन्दी अधिकारका लागि भएको थियो । तर त्यो नाकाबन्दी भारतले गराएको थियो, त्यो कुरा पनि सत्य हो ।’
उनले मधेसमाथि अपहेलना भयो भने देश सफल नहुने तर्क गर्दै आधुनिक राजनीतिक बुझ्नका लागि महतोद्वारा लेखिएको अधुरा क्रान्ति पुस्तक पढ्नुपर्ने धारणा राखे ।
मानव अधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारीले नेपालमा अझै वैचारिक, सैद्धान्तिक क्रान्ति बाँकी रहेको बताइन् । उनले नेपालमा नागरिकताको समस्या अझै समाधान नभएको दाबी गरिन् । मधेसमा सामाजिक न्यायको कुरा उठेपनि मधेसी महिलाको बारेमा भने नउठेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण