मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायली आक्रमणले गाजामा पूर्वाधार नष्ट

बुधबार, ०५ वैशाख २०८१, २० : ४६
बुधबार, ०५ वैशाख २०८१

तेलअवीव । मध्यगाजामा इजरायली सेनाले हवाई आक्रमण गरी रकेट लन्चर तथा हमासको आतङ्ककारी पूर्वाधार नष्ट गरेको छ । यसै क्रममा केही आतङ्कारीहरूलाई पनि नष्ट गरेको इजरायली रक्षा बलले बुधबार जनाएको छ ।  

इजरायली सेनाको नजिकै सशस्त्र ड्रोन सञ्चालन गर्ने हमास टोलीमाथि एउटा आक्रमण भएको थियो । आक्रमणमा इजरायली विमानहरूले धेरै रकेट लन्चरहरू प्रहार गरे, जुन इजरायलमा रकेट फायर गर्न तयार थिए ।

भूमिगत प्रक्षेपण चौकीहरू, भवनहरूलगायत सशस्त्र आतङ्कारीले सञ्चालन गर्ने सैन्य संरचनाहरू र भूमिगत स्थानहरूसहित ४० भन्दा बढी पूर्वाधारहरूमा प्रहार गरियो ।

गत अक्टोबर सातमा गाजा सीमा नजिकै इजरायली समुदायहरूमा भएको हमासको आक्रमणमा कम्तीमा एक हजार दुई सय मानिस  मारिएका थिए । यसै क्रममा दुई सय ४० इजरायली तथा विदेशीहरूलाई बन्धक बनाइएका छन् । एक सय ३४ जना बन्धकमध्ये इजरायलले हालै  ३१ जनालाई मृत घोषणा गरेको छ । -(रासस/एएनआई/टिपिएस)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप