लगानी सम्मेलनका लागि १४८ वटा परियोजना छनौट

काठमाडौँ । लगानी बोर्डले तेस्रो लगानी सम्मेलनमा प्रस्तुत गर्ने परियोजनाको नाम टुङ्ग्याएको छ । बोर्डले दुई दिने लगानी सम्मेलनका लागि १४८ वटा परियोजना छनौट गरेको हो । यससँगै लगानी सम्मेलनमा प्रस्तुत गरिने परियोजनाको छनौट टुङ्गिएको प्रवक्ता पद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।
लगानी बोर्डले लगानी सम्मेलनलाई मध्यनजर गरेर गठन गरेको प्राविधिक कमिटीले परियोजना छनौटको काम टुङ्ग्याएको हो । सम्मेलनमा प्रस्तुत गरिने परियोजनालाई ८ चरणमा वर्गीकरण गरिएको छ । यसअघि प्रारम्भिक चरणमा बोर्डको कार्यालयले १२५ परियोजना छानेको थियो ।
त्यो सूचीलाई थप परिमार्जन गर्दै १४८ वटा परियोजना छनौट भएको प्रवक्ता उपाध्यायले बताए । ‘सम्मेलनमा स्वदेशी–विदेशी लगानीकर्ता समक्ष प्रस्तुत गर्ने परियोजना टुङ्गो लागेको छ,’ उपाध्यायले रातोपाटीसँग भने । सम्मेलनमा २० वटा परियोजना निर्माणका लागि आशय पत्र आह्वान गरिने छ ।
लगानी बोर्डको परिधिमा पर्ने र सम्बन्धित मन्त्रालयको मातहतबाट प्रस्तुत गरिने गरी कूल २० वटा परियोजनामा आशय पत्र माग गरिने छ । आशय पत्र माग हुने परियोजनाहरूको सूचीमा जलविद्युत सबैभन्दा धेरै छन् । यस्तै पोखरा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रदेखि धौवादी फलाम खानीसम्ममा आशय पत्र आह्वान गरिनेछ ।
यस्तै निर्माणको चर्चा चलेका परियोजनाको सूची ७ वटा तयार पारिएको छ । पहिचानको चरणमा रहेका परियोजनाको सूचीमा ३१ वटा छन् । वित्तीय व्यवस्थापनको चरणमा रहेका परियोजनाको सूची १८ छ । यसबाहेक निजी क्षेत्रले पहिचान गरेको परियोजनाको सूची ३१ रहेको बोर्डको कार्यालयले जनाएको छ ।
यस्तै २७ वटा परियोजना समेत अघि बढाउने स्वीकृति लिँदै सम्मेलनमा प्रस्तुत गर्ने निर्णय भएको छ । यस्तै निजी लगानीको खोजीमा सम्मेलनमा १४ वटा परियोजना तयार पारिएको छ ।
सूची :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन