लगानी सम्मेलनका लागि १४८ वटा परियोजना छनौट
काठमाडौँ । लगानी बोर्डले तेस्रो लगानी सम्मेलनमा प्रस्तुत गर्ने परियोजनाको नाम टुङ्ग्याएको छ । बोर्डले दुई दिने लगानी सम्मेलनका लागि १४८ वटा परियोजना छनौट गरेको हो । यससँगै लगानी सम्मेलनमा प्रस्तुत गरिने परियोजनाको छनौट टुङ्गिएको प्रवक्ता पद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।
लगानी बोर्डले लगानी सम्मेलनलाई मध्यनजर गरेर गठन गरेको प्राविधिक कमिटीले परियोजना छनौटको काम टुङ्ग्याएको हो । सम्मेलनमा प्रस्तुत गरिने परियोजनालाई ८ चरणमा वर्गीकरण गरिएको छ । यसअघि प्रारम्भिक चरणमा बोर्डको कार्यालयले १२५ परियोजना छानेको थियो ।
त्यो सूचीलाई थप परिमार्जन गर्दै १४८ वटा परियोजना छनौट भएको प्रवक्ता उपाध्यायले बताए । ‘सम्मेलनमा स्वदेशी–विदेशी लगानीकर्ता समक्ष प्रस्तुत गर्ने परियोजना टुङ्गो लागेको छ,’ उपाध्यायले रातोपाटीसँग भने । सम्मेलनमा २० वटा परियोजना निर्माणका लागि आशय पत्र आह्वान गरिने छ ।
लगानी बोर्डको परिधिमा पर्ने र सम्बन्धित मन्त्रालयको मातहतबाट प्रस्तुत गरिने गरी कूल २० वटा परियोजनामा आशय पत्र माग गरिने छ । आशय पत्र माग हुने परियोजनाहरूको सूचीमा जलविद्युत सबैभन्दा धेरै छन् । यस्तै पोखरा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रदेखि धौवादी फलाम खानीसम्ममा आशय पत्र आह्वान गरिनेछ ।
यस्तै निर्माणको चर्चा चलेका परियोजनाको सूची ७ वटा तयार पारिएको छ । पहिचानको चरणमा रहेका परियोजनाको सूचीमा ३१ वटा छन् । वित्तीय व्यवस्थापनको चरणमा रहेका परियोजनाको सूची १८ छ । यसबाहेक निजी क्षेत्रले पहिचान गरेको परियोजनाको सूची ३१ रहेको बोर्डको कार्यालयले जनाएको छ ।
यस्तै २७ वटा परियोजना समेत अघि बढाउने स्वीकृति लिँदै सम्मेलनमा प्रस्तुत गर्ने निर्णय भएको छ । यस्तै निजी लगानीको खोजीमा सम्मेलनमा १४ वटा परियोजना तयार पारिएको छ ।
सूची :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण