बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्राको ९७ करोडको सम्पत्ति जफत

बिहीबार, ०६ वैशाख २०८१, १३ : ४९
बिहीबार, ०६ वैशाख २०८१

नयाँ दिल्ली । बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्राको ९७ करोड भारुको  सम्पत्ति जफत गरिएको छ । भारतको कानुन पालना गर्न लगाउने निकाय प्रवर्तन निर्देशालय (ईडी) सम्पत्ति शुद्धीकरण रोकथाम ऐन (पीएमएलए) २००२ अन्तर्गत व्यापारी राज कुन्द्राको ९७ करोड ७९ लाख भारुको चलअचल सम्पत्ति जफत गरेको हो ।

ईडीले दिएको जानकारी अनुसार जफत गरिएको सम्पत्तिमा राज कुन्द्राकी पत्नी तथा बलिउड अभिनेत्री शिल्पा शेट्टीको नाममा जुहूमा रहेको फ्ल्याट पनि परेको छ । यस बाहेक राज कुन्द्राको नाममा रहेको पुणेमा रहेको फ्ल्याट र इक्विटी शेयर पनि जफत गरिएको छ ।

सन् २०२१ को जुलाईमा मुम्बई प्रहरीले व्यापारी राज कुन्द्रालाई अश्लील फिल्म बनाएको आरोपमा पक्राउ गरेको थियो । यस मामिलामा राज कुन्द्राले पछि जमानत रिहा भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप