अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्राको ९७ करोडको सम्पत्ति जफत
बिहीबार, ०६ वैशाख २०८१, १३ : ४९
नयाँ दिल्ली । बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्राको ९७ करोड भारुको सम्पत्ति जफत गरिएको छ । भारतको कानुन पालना गर्न लगाउने निकाय प्रवर्तन निर्देशालय (ईडी) सम्पत्ति शुद्धीकरण रोकथाम ऐन (पीएमएलए) २००२ अन्तर्गत व्यापारी राज कुन्द्राको ९७ करोड ७९ लाख भारुको चलअचल सम्पत्ति जफत गरेको हो ।
ईडीले दिएको जानकारी अनुसार जफत गरिएको सम्पत्तिमा राज कुन्द्राकी पत्नी तथा बलिउड अभिनेत्री शिल्पा शेट्टीको नाममा जुहूमा रहेको फ्ल्याट पनि परेको छ । यस बाहेक राज कुन्द्राको नाममा रहेको पुणेमा रहेको फ्ल्याट र इक्विटी शेयर पनि जफत गरिएको छ ।
सन् २०२१ को जुलाईमा मुम्बई प्रहरीले व्यापारी राज कुन्द्रालाई अश्लील फिल्म बनाएको आरोपमा पक्राउ गरेको थियो । यस मामिलामा राज कुन्द्राले पछि जमानत रिहा भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण