शनिबार, १२ जेठ २०८१
ताजा लोकप्रिय
कोशीमा किचलो

प्रदेशसभामा बहुमत सांसद बसे प्रतिपक्षमा, सत्तापक्ष अल्पमतमा

बिहीबार, ०६ वैशाख २०८१, १४ : ०५
बिहीबार, ०६ वैशाख २०८१

विराटनगर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सचिवालयमा पेस गरेको संकल्प प्रस्ताव प्रदेशसभामा टेबुल भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा उक्त प्रस्ताव टेबुल भएको हो ।

संकल्प प्रस्तावक रहेका एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले छलफलका लागि प्रदेशसभामा टेबुल गराएका थिए । उक्त प्रस्तावमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले समर्थन गरेका छन् ।

यसैबिच प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाको ६ र जसपाको १ गरी ६० सांसद रहेको दल विपक्षी बेन्चमा बसेका छन् ।  ९३ सदस्यीय प्रदेशसभामा कांग्रेसका २९ र नेकपा (एकीकृत समाजवादी) का ४ सांसद रहेका दुई दल मात्रै सत्ता पक्षको बेन्चमा बसेका छन् ।

प्रदेशसभाको आजको बैठकमा भने सत्तापक्षमा २४ जना सांसद मात्रै उपस्थित छन् । विपक्षमा भने ५३ जनाको उपस्थिति छ । यसैबिच प्रदेशसभाको बैठकमा सत्ता पक्षका ९ र विपक्षका ५  सांसद अनुपस्थित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप