सत्ता राजनीति
मधेस प्रदेशमा दुई जना मन्त्री थपिँदै
बिहीबार, ०६ वैशाख २०८१, १५ : ०१
काठमाडौँ । मधेस प्रदेशमा मन्त्रीपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले बिहीबार मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् ।
माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बाट एक/एक जना मन्त्री समावेश गरिने सरकारका प्रवक्ता एवं अर्थ मन्त्री संजय यादवले जानकारी दिए ।
उनले भने,‘माओवादीबाट एक जना मन्त्री यस अघिदेखि नै हुनुहुन्थ्यो । एक जना थपेर दुई जना र एकीकृत समाजवादीबाट एक जना मन्त्री समावेश गरिने छ ।’
तर कुन मन्त्रालय र कसलाई मन्त्री बनाउने टुङ्गो भने लागेको छैन । माओवादी र एकीकृत समाजवादीले मन्त्रीको नाम पठाएपछि मन्त्रालयको टुङ्गो लगाउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशको सम्पत्ति सार्वजनिकीकरणको बहसः आवश्यकता कि अतिरञ्जना ?
-
कप्तानदेखि म्याच विनरसम्म : तथ्याङ्कमा बेन स्टोक्सको क्रिकेट जीवन
-
शिखर इन्स्योरेन्सले गर्यो ६ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इन्जुरी समयको पीडाले रोयो क्रोएसिया (तस्बिरहरु)
-
कङ्गोमा घातक इबोला भाइरस विरुद्धको उपचार परीक्षण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण