बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
सेयर बजार

बिहीबार पनि घट्यो नेप्से, २ अर्बको कारोबार

बिहीबार, ०६ वैशाख २०८१, १६ : ०२
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार पनि गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक १९.५६ अंकले घट्दै १९७२ अंकमा आइपुगेको छ । यो ०.९८ प्रतिशतको गिरावट हो ।

परिसूचक १९ अंकले घटेको दिन २७ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै २११ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर कायम छ । यसक्रममा बिहीबार २ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको ५३ लाख ४४ हजार कित्ता सेयर किनबेच भएको छ ।

बिहीबार खानिखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ७.९४ प्रतिशतले बढेको छ भने पोखरा फाइनान्सको सेयर मूल्य ६.२१ प्रतिशतले बढेको छ । २११ कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको मूल्यमा भने ९ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

रुरु जलविद्युत परियोजनाको सेयर मूल्य ९.९९ प्रतिशत र गुर्खास फाइनान्सको सेयर मूल्य ९.३९ प्रतिशतले घटेको छ । बिहीबार गुर्खास फाइनान्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको १८ करोड १२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो ।

सेयर बजारमा उच्च अंकको गिरावट आउँदा उत्पादनमूलक समूहको सूचकमा १०१ अंकको गिरावट आएको छ । यसपछि निर्जीवन बीमा समूहको सूचकमा ९० अंकको गिरावट आएको छ । यस्तै विकास बैंक समूहको सूचकमा ५७ अंक र होटल र टुरिजम समूहको सूचकमा ५२ अंकको गिरावट आएको छ ।

आज पनि घटेसँगै नेप्सेमा लगातार ५औं दिनसम्म गिरावट आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप