बिहीबार पनि घट्यो नेप्से, २ अर्बको कारोबार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार पनि गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक १९.५६ अंकले घट्दै १९७२ अंकमा आइपुगेको छ । यो ०.९८ प्रतिशतको गिरावट हो ।
परिसूचक १९ अंकले घटेको दिन २७ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै २११ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर कायम छ । यसक्रममा बिहीबार २ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको ५३ लाख ४४ हजार कित्ता सेयर किनबेच भएको छ ।
बिहीबार खानिखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ७.९४ प्रतिशतले बढेको छ भने पोखरा फाइनान्सको सेयर मूल्य ६.२१ प्रतिशतले बढेको छ । २११ कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको मूल्यमा भने ९ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।
रुरु जलविद्युत परियोजनाको सेयर मूल्य ९.९९ प्रतिशत र गुर्खास फाइनान्सको सेयर मूल्य ९.३९ प्रतिशतले घटेको छ । बिहीबार गुर्खास फाइनान्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको १८ करोड १२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो ।
सेयर बजारमा उच्च अंकको गिरावट आउँदा उत्पादनमूलक समूहको सूचकमा १०१ अंकको गिरावट आएको छ । यसपछि निर्जीवन बीमा समूहको सूचकमा ९० अंकको गिरावट आएको छ । यस्तै विकास बैंक समूहको सूचकमा ५७ अंक र होटल र टुरिजम समूहको सूचकमा ५२ अंकको गिरावट आएको छ ।
आज पनि घटेसँगै नेप्सेमा लगातार ५औं दिनसम्म गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण