छोटुलालले फिर्ता गरे बाटोमा भेट्टाएको १७ लाख रुपैयाँ
बिहीबार, ०६ वैशाख २०८१, १९ : ३५
पोखरा । पोखरामा एक व्यक्तिले बाटोमा खसेको १७ लाख रुपैयाँ भेटेका छन् । बिहीबार पोखरामा मनोहर पवँरले बैंकमा जम्मा गर्न लगेको रकम बाटोमा झरेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले खोजी गर्ने क्रममा भारत घर भएका छोटुलाल शर्माले भेटेको पत्ता लगेको थियो ।
दिउँसो साढे १ बजे पृथ्वीचोकस्थित माता श्री ज्वेलर्समा काम गर्ने कालिगढ पवँरले नयाँ बजारमा रहेको कृषि विकास बैंकमा जम्मा गर्न लगेको रकम मोटरसाइकलको लेग गार्डबाट झरेको थियो ।
तत्कालै उनले प्रहरीलाई खबर गरे । प्रहरीले खोजी गर्दा छोटुलालले फेला पारेर राखेका थिए । छोटुलालकै रोहबरमा ज्वेलर्सका सञ्चालक ध्रुवकुमार सुनालाई फिर्ता गरिएको डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान र इरानबाट २ हजारभन्दा बढी अफगान आप्रवासी फिर्ता
-
आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिने योजना छ : श्रममन्त्री अर्याल
-
विश्वकप अगाडि सबैलाई अवसर दिइयो : कप्तान पौडेल
-
वन डढेलो विकराल बन्दै, देशभर एक सय ६५ ठाउँमा डढेलो
-
‘मधेसवादी दलले एजेन्डा, माओवादीले विचार छाड्यो, दुवै एक साथ कमजोर भए’
-
बाँकेमा आगलागीबाट २५ लाख बराबरको क्षति