छोटुलालले फिर्ता गरे बाटोमा भेट्टाएको १७ लाख रुपैयाँ
बिहीबार, ०६ वैशाख २०८१, १९ : ३५
पोखरा । पोखरामा एक व्यक्तिले बाटोमा खसेको १७ लाख रुपैयाँ भेटेका छन् । बिहीबार पोखरामा मनोहर पवँरले बैंकमा जम्मा गर्न लगेको रकम बाटोमा झरेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले खोजी गर्ने क्रममा भारत घर भएका छोटुलाल शर्माले भेटेको पत्ता लगेको थियो ।
दिउँसो साढे १ बजे पृथ्वीचोकस्थित माता श्री ज्वेलर्समा काम गर्ने कालिगढ पवँरले नयाँ बजारमा रहेको कृषि विकास बैंकमा जम्मा गर्न लगेको रकम मोटरसाइकलको लेग गार्डबाट झरेको थियो ।
तत्कालै उनले प्रहरीलाई खबर गरे । प्रहरीले खोजी गर्दा छोटुलालले फेला पारेर राखेका थिए । छोटुलालकै रोहबरमा ज्वेलर्सका सञ्चालक ध्रुवकुमार सुनालाई फिर्ता गरिएको डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण