विवाहको कार्यक्रमका कारण लैनचौर बैंक्वेट भोलिदेखि सिल गर्ने निर्णय
काठमाडौँ । काठमाडौँको लैनचौरस्थित खड्का ल्यान्ड डेभलपेमन्ट प्रालिले सम्झौता विपरीत भोगचलन गरेको लैनचौर बैंक्वेट शुक्रबार साँझबाट सिल गर्ने निर्णय गरिएको छ ।
काठमाडौँ महानगरपालिका–२६ स्थित स्काउटको पूर्ण स्वामित्वमा रहेको भवनहरू अहिले सिल गर्ने काम भइरहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए । उनले भने–‘ विवाहको कार्यक्रम पहिले नै तय भएको हुनाले बैंक्वेट हलचाहिँ भोलि साँझसम्म चल्न दिन्छौँ ।’
बैंक्वेटमा आजबाट प्रहरीको निगरानीमा राखिने प्रजिअ बस्नेतले बताए । उनले भने– ‘त्यहाँ आजबाट हाम्रा प्रहरीले ड्युटी गर्छन् ।’
नेपाली कांग्रेसका सांसद एवं पूर्व राज्यमन्त्री दीपक खड्काको ‘खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि’ ले भाडा नतिरिकन त्यहाँको भवन भाडामा लगाएर तथा बैंक्वेट पनि सञ्चालन गर्दै आएको थियो ।
स्काउटसँग गरेको सम्झौता सकिए पनि खड्का ल्याण्डले अवैध तरिकाले भोगचलन गरेपछि स्काउटका निर्देशक रामप्रसाद भट्टराईले खड्का ल्यान्डलाई हटाउन पहल गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण