विवाहको कार्यक्रमका कारण लैनचौर बैंक्वेट भोलिदेखि सिल गर्ने निर्णय

काठमाडौँ । काठमाडौँको लैनचौरस्थित खड्का ल्यान्ड डेभलपेमन्ट प्रालिले सम्झौता विपरीत भोगचलन गरेको लैनचौर बैंक्वेट शुक्रबार साँझबाट सिल गर्ने निर्णय गरिएको छ ।
काठमाडौँ महानगरपालिका–२६ स्थित स्काउटको पूर्ण स्वामित्वमा रहेको भवनहरू अहिले सिल गर्ने काम भइरहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए । उनले भने–‘ विवाहको कार्यक्रम पहिले नै तय भएको हुनाले बैंक्वेट हलचाहिँ भोलि साँझसम्म चल्न दिन्छौँ ।’
बैंक्वेटमा आजबाट प्रहरीको निगरानीमा राखिने प्रजिअ बस्नेतले बताए । उनले भने– ‘त्यहाँ आजबाट हाम्रा प्रहरीले ड्युटी गर्छन् ।’
नेपाली कांग्रेसका सांसद एवं पूर्व राज्यमन्त्री दीपक खड्काको ‘खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि’ ले भाडा नतिरिकन त्यहाँको भवन भाडामा लगाएर तथा बैंक्वेट पनि सञ्चालन गर्दै आएको थियो ।
स्काउटसँग गरेको सम्झौता सकिए पनि खड्का ल्याण्डले अवैध तरिकाले भोगचलन गरेपछि स्काउटका निर्देशक रामप्रसाद भट्टराईले खड्का ल्यान्डलाई हटाउन पहल गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘ओलम्पिकमा नेपाल’ को विमोचन
-
सरकारी निकायबाट ४ खर्ब ३५ अर्ब राजस्व तथा भाखा नाघेको ऋणको साँवा व्याज असुल गर्न बाँकी
-
पाँच वर्षपछि ‘टोल ट्याक्स’ बिउँताउँदै सरकार
-
‘क्यानका अध्यक्षले मविरुद्ध षडयन्त्र गरे, निर्णय नसच्याइए न्यायालय जान्छु’
-
महालेखाको वार्षिक प्रतिवेदन : प्रधानमन्त्रीको गृहजिल्लामा ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय भएका आयोजनामा भुक्तानी
-
देश दुर्घटनाको छेउमा पुगेको छ : वामदेव गौतम