केन्यामा हेलिकप्टर दुर्घटनामा सेना प्रमुखको मृत्यु
शुक्रबार, ०७ वैशाख २०८१, १२ : ३६
नैरोबी । केन्याका सेना प्रमुखको मृत्यु भएको छ । देशको पश्चिम क्षेत्रमा सेनाको एउटा हेलिकप्टर दुर्घटना हुँदा विमानमा सवार सेना प्रमुख जनरल फ्रान्सिस ओमोन्दी ओगोल्लाको मृत्यु भएको बताइएको छ ।
सो हेलिकप्टरमा ओगोल्लासमेत अन्य ११ जना उच्च सैन्य अधिकारी सवार थिए । सवारहरूमध्ये २ जना मात्रै बाँचेका छन् ।
ओगोल्लालाई गएको वर्ष अप्रिलमा सेना प्रमुख नियुक्त गरिएको थियो । त्यसअघि उनले हवाई बलमा कमान्डर र रक्षा बलमा उपप्रमुखको रूपमा काम गरेका थिए । उनले सन् १९८४ को अप्रिल २४ मा केन्याको रक्षा बलमा सहभागी भएका थिए। आगामी हप्ता उनी रक्षा सेवामा छिरेको ४० वर्ष पुग्दै थियो । विमान दुर्घटनाको कारण खोज्न छानबिन भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण