केन्यामा हेलिकप्टर दुर्घटनामा सेना प्रमुखको मृत्यु
शुक्रबार, ०७ वैशाख २०८१, १२ : ३६

नैरोबी । केन्याका सेना प्रमुखको मृत्यु भएको छ । देशको पश्चिम क्षेत्रमा सेनाको एउटा हेलिकप्टर दुर्घटना हुँदा विमानमा सवार सेना प्रमुख जनरल फ्रान्सिस ओमोन्दी ओगोल्लाको मृत्यु भएको बताइएको छ ।
सो हेलिकप्टरमा ओगोल्लासमेत अन्य ११ जना उच्च सैन्य अधिकारी सवार थिए । सवारहरूमध्ये २ जना मात्रै बाँचेका छन् ।
ओगोल्लालाई गएको वर्ष अप्रिलमा सेना प्रमुख नियुक्त गरिएको थियो । त्यसअघि उनले हवाई बलमा कमान्डर र रक्षा बलमा उपप्रमुखको रूपमा काम गरेका थिए । उनले सन् १९८४ को अप्रिल २४ मा केन्याको रक्षा बलमा सहभागी भएका थिए। आगामी हप्ता उनी रक्षा सेवामा छिरेको ४० वर्ष पुग्दै थियो । विमान दुर्घटनाको कारण खोज्न छानबिन भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिनदेखि बेलबारीका चार बालिका बेपत्ता
-
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
-
भिजिट भिसा : राज्यमाथिको विश्वास टुट्दै जानु खतरनाक संकेत हो
-
फाइनलमा पुग्ने लक्ष्यसहित पहिलो पटक प्ले–अफ चरणमा भिड्दै पञ्जाब र मुम्बई
-
भिजिट भिसालाई सूक्ष्म अनुसन्धान गर्ने हो भने ठुलो उथलपुथल हुन्छ
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य