एसीसी प्रिमियर कप क्रिकेट
१२ बलमा १७ रन बनाउँदै आउट भए करण केसी
शुक्रबार, ०७ वैशाख २०८१, १३ : १७
काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको सेमिफाइनल खेलमा नेपालले आफ्नो आठौँ विकेट गुमाएको छ । नेपालले आठौँ विकेटका रुपमा करण केसीलाई गुमाएको हो ।
नवौँ नम्बरमा क्रिज समाल्न आएका करण १७ रन बनाउँदै आउट भएका हुन् । उनले पेभेलियन फर्किनुअघि १२ बलको सामना गरी दुई छक्का पनि हिर्काए । उनलाई यूएईका बलर अली नासिरले बोल्ड गरे ।
१८.४ ओभरमा उनी आउट हुँदा नेपालले एक सय १६ रन बनाएको छ । यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण